Comments Add Comment

एनसेलबाट मासिक किस्तामा आइफोन किन्न पाइने

the-iphone-6-left-has-a-47-मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आइफोन बण्डलिङ सेवा सुरु गरेको छ ।
यो सेवा अन्तर्गत प्रयोगकर्ताले मासिक किस्ताबन्दीमा आइफोन ५एस, आइफोन ६ र आइफोन सिक्स प्लस चलाउन पाउनेछन् । यसरी बण्डलिङ गरिएका सेटमा आइफोन बाहेकको फोन चलाउने भने पाइदैन् ।
एनसेलले आफ्नो वेबसाइटमा दिएको जानकारीअनुसार यी तीनै मोडलका बिभिन्न क्षमताअनुसार फरक-फरक मासिक किस्ता र सुरुवाती डिपोजिटको ब्यबस्था गरिएको छ ।
आइफोन ५एस
१६ जीबीको आइफोन ५एसको मूल्य ६७ हजार १ सय ९९ तोकिएको भने ३२ जीबीका लागि ७३ हजार ९ सय ९९ पर्ने छ । ८ हजार रुपैयाँ बुझाएर एनसेल सेन्टरहरुमा आइफोन ५एस बुक गर्न सकिने छ । योसँगै ६ महिनासम्म हरेक महिना मासिक ३ सय एमबी इन्टरनेट डाटा निःशुल्क प्राप्त हुने छ । ग्रे, गोल्ड र सिल्भर गरी तीनवटा कलर अप्सनमा आइफोन ५ एस उपलब्ध हुने छ ।

iphone-6-ncellआइफोन ६
१६ जीबीको आइफोन ६ को मूल्य ८१ हजार ९ सय ९९ तोकिएको छ भने ६४ जीबी क्षमताका लागि ९२ हजार ४ सय ९९ पर्ने छ । यस्तै १२८ जीबीको आइफोन ६ लाई १ लाख ४ हजार ९ सय ९९ पर्ने छ ।
१० हजार रुपैयाँ तिरेर ग्रे, गोल्ड र सिल्भर कलर अप्सनमा उपलब्ध आइफोन ६ बुक गर्न सकिने छ । यो सँगै एनसेलले ६ महिनासम्म हरेक महिना १ जीबी डाटा निःशुल्क उपलब्ध गराउने छ ।
आइफोन ६ प्लस
१६ जीबी क्षमताको आइफोन ६ प्लसको मूल्य ९२ हजार ४ सय ९९, ६४ जीबीका लागि १ लाख ४ हजार ९ सय ९९ र १२८ जीबीका लागि १ लाख १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
अन्य मोडलझैं तीन रंगमा उपलब्ध आइफोन ६ प्लस बुक गर्न १२ हजार रुपैयाँ बुझाउनुपर्छ । यो अफरअन्र्तगत १ जीबी डाटा ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment