Comments Add Comment

प्रधानमन्त्रीद्वारा गौतम बुद्ध विमानस्थलको अनुगमन

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

रुपन्देहीका बिभिन्न कार्यक्रममा सहभागी हुन आएका ओलीले विमानस्थलको निरीक्षण गरेका हुन् । ओलीले भोलिका दिनमा यस विमानस्थल अन्तर्राष्ट्रिय उडानले खचाखच भरिने दावी गरे । यसका लागि विभिन्न एयरलाइन्ससँग धमाधम सम्झौता भइरहेको पनि उनले जानकारी गराए ।

ओलीले अहिले भएको टर्मिनल भवन र पार्किङ लट सानो भएको हुँदा यसलाई बढाउन निर्देशन दिए । उनले विमानस्थल निर्माणको ६८ प्रतिशत काम सकिएको र भदौबाट अन्तर्राष्ट्रिय परीक्षण उडान हुनेसमेत बताए ।

पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई शान्ति प्रक्रियामा आउन अनुरोध गरिएको बताए । सो समूहलाई आतंककारी गतिविधि नगर्नू भन्दा विरोध गर्नु आश्चर्यको विषय भएको बताए ।

ओलीले सिके राउत समूहले विखण्डनको राजनीति छोडेर भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्छ भनेर मूलधारको राजनीतिमा आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment