Comments Add Comment

धनगढीबाट अछामसम्म हवाई सेवा सुरु

८ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशबाट आफ्नै प्रदेशमा आन्तरिकतर्फ पहिलो पटक धनगढी–अछाम हवाई सेवा शुरु भएको छ ।

अछामको साफेवगरबाट शुक्रबार विहान नौ बजेर ४ मिनेटमा १६ जना यात्रु बोकेर पहिलो उडान गरेको समिट एयरले धनगढीबाट नौ बजेर ४३ मिनेटमा १८ जना यात्रु बोकेर अछाम पुगेको छ ।

साफेबगर विमानस्थल कालोपत्रे भएपछि पहिलो पटक आन्तरिक उडान शुक्रबार शुरु भएको हो ।

गत फागनु २२ गते नेपालगञ्जबाट साँफेबगर परीक्षण उडान गरेको समिट एयरले चैत ७ गते पुनः दोस्रो उडान सोही रुटमा गरेको थियो । साँफेबगरबाट धनगढीका लागि नियमित उडान भने आन्तरिक छलफलपछि मात्रै टुंगो लाग्ने समिट एयरका नेपालगञ्ज प्रमुख सरोजप्रसाद उप्रेतीले जानकारी दिए ।

उनले यात्रुहरुको चाप हेरेर आगामी दिनमा नियमित उडान संख्या बढाउदै लैजाने बताए । धनगढीबाट साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैया भाडादर कायम गरिएको उप्रेतीले बताए ।

धनगढी–साफेबगर नियमित हवाइ सेवा सुरु भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा र डोटीसम्मका यात्रुलाई आवतजावतमा सहज हुने आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।

मन्त्री बोहराले हवाई सेवा शुरु भएपछि अत्यावश्यक पर्ने सामाग्री ढुवानी, औषधी उपचारमा सहज हुने भन्दै संघीय सरकारसँगको समन्वयमा सुदूरपश्मि प्रदेशका अन्य पहाडी जिल्लाहरुलाई समेत हवाई मार्गबाट जोड्ने प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment