२४ वैशाख, काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’को शानदार ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)मा पुनरागमन जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । १-० र २-१ ले पछि परेको अवस्था उल्टाउँदै गुइगाम्पले पुनरागमन जित निकालेको हो जहाँ साम्बाले ह्याट्रिक गरेकी हुन् ।
खेलको ५४औं मिनेटमा पेरी लुइसले गोल गर्दै एटिनलाई अग्रता दिलाउँदा त्यसको ३ मिनेटमा साम्बाले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।
६१औं मिनेटमा अडेले कोनेसनले गोल गरेपछि एटिनले फेरि खेलमा अग्रता लिएको थियो। त्यसपछि ८५औं मिनेटमा साम्बाले फेरि गोल गर्दै गुइगाम्पालाई खेलमा फर्काइन् ।
इन्जुरी सयको पाँचौं मिनेटमा गोल गर्दै साम्बाले ह्याट्रिक पूरा गरिन् र टोलीलाई पनि जित दिलाइन् । यस जितपछि साम्बाको टिम गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंकतालिकामा भने १२औं स्थानमा छ ।
प्रतिक्रिया 4