Comments Add Comment

अर्थशास्त्री मदनकुमार दाहालको निधन

८ चैत, काठमाडौं । अर्थशास्त्री प्रा.डा. मदनकुमार दाहालको निधन भएको छ । दाहालको उपचारको क्रममा केएमसीमा निधन भएको हो ।

उनको स्वास्थ्यमा पेनक्रियाज अब्ट्रक्सनको समस्या थियो । उनलाई जन्डिस पनि भएको थियो । शुक्रबार दिउँसो १ बजे उनको उपचारकै क्रममा निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार उनलाई एक हप्ताभन्दा अघिदेखि अस्पताल भर्ना गरिएको थियो । सफल शल्यक्रिया भएपनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन ।

दाहाला लामो समय त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग प्रमुख थिए । कर आयोगका अध्यक्ष समेत भएका उनी मेगा बैंकमा अध्यक्ष समेत बनेका थिए ।

अर्थशास्त्रीहरुको संगठन  नेपाल आर्थिक संघमा पनि उनले नेतृत्वमा बसेर काम गरेका थिए ।

स्वर्गीय दाहालको आज अपरान्हमा पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment