+
+
Shares

कांग्रेसले ज्येष्ठ सदस्य सल्लाहकार परिषद् बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १३:०७

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पार्टीका लागि योगदान गरेका प्रौढ व्यक्तिहरुलाई छुट्टै पार्टी संरचना समेट्ने व्यवस्था गरिएको छ ।

कांग्रेसको संशोधित विधानमा ज्येष्ठ व्यक्तिहरुलाई पार्टीमा भूमिका दिने गरी ‘ज्येष्ठ सदस्य सल्लाहकार परिषद’ बनाउने व्यवस्था गरिएको छ । उक्त पार्टी संरचनामा रहेका व्यक्ति कुनै जिम्मेवारीमा भने नभएको हुनुपर्नेछ ।

‘नेपाली कांग्रेसमा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका तर हाल कुनै पदीय जिम्मेवारीमा नरहेका ज्येष्ठ सदस्यहरुको योगदानलाई सम्मान गर्न निजहरुको अनुभव र ज्ञान दक्षतालाई पार्टीमा सदुपयोग गर्न सल्लाह सुझाव लिनका लागि ज्येष्ठ सदस्य सल्लाहकार परिषद् गठन गर्ने ।’ संशोधित विधानमा भनिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?