+
+
Shares

कांग्रेसमा सहमहामन्त्री १५ जना हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १२:४६

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ । समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित १५ जना सहमहामन्त्री हुने भएका छन् ।

महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ समुदायबाट १/१ सहमहामन्त्री हुनेछन् ।

अघिल्लो महाधिवेशनको समयमा अल्पसंख्यक/अपाङ्ग क्लस्टर राखिएको थिएन । सहमहामन्त्री पदमा खुलातर्फबाट पनि छनोट गरिने भएको छ । त्यसका लागि दुई जना छुट्याइएको छ ।

सभापतिले सहमहामन्त्री चार जना मनोनीत गर्ने व्यवस्था गरिएको छ । सभापतिले एक महिला सहित चार जना थप्ने गरी विधान संशोधन गरिएको हो ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?