+
+
Shares

पदाधिकारीको संख्या थपिनुलाई नेता उत्पादनको अर्थमा नबुझौं : कांग्रेस प्रवक्ता

यसबारे थप प्रष्ट पार्दै चालिसेले भने, ‘यो संख्या थपिएको अर्थ नेता उत्पादन गरिएको होइन । कांग्रेसको कार्यक्षेत्र विस्तार हुँदैछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १२:४०

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी विधानमा पदाधिकारीको संख्या थपिएको विषयलाई नेता उत्पादनको अर्थमा बुझ्न नहुने बताएका छन् ।

सोमबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको प्रश्नको जिज्ञासा मेट्दै उनले यसलाई पार्टीको कार्यक्षेत्र विस्तार गरिएको रुपमा बुझ्न आग्रह गरे ।

कांग्रेसले उपसभापति र महामन्त्रीमा १/१ जना महिला हुने गरी विधान संशोधन गर्ने भएको छ । अब उपसभापति चार जना हुनेछन् । चार उपसभापतिमा एक जना वरिष्ठ उपसभापति हुने गरी पद सिर्जना गरिएको छ ।

महामन्त्रीमा समेत एक जना महिला हुने गरी तीन जना गरिने भएको छ । यसअघि दुई जना हुने व्यवस्थामा संशोधन गरेर एक महिला सहित तीन महामन्त्री बनाउने व्यवस्था गरिएको हो । उपसभापति र महामन्त्री सबै निर्वाचित हुनुपर्नेछ ।

सहमहामन्त्रीमा पनि संख्या बढाइएको छ । ११ जना सहमहामन्त्री हुने गरी बनेको विधानलाई संशोधन गरेर १३ सह महामन्त्री बनाउन लागिएको हो । समावेशिताको आधारमा ८, खुलाबाट २ र सभापतिले मनोनित गर्ने ३ सहित १३ जना सहमहामन्त्री हुने व्यवस्था गर्न लागिएको छ ।

यसबारे थप प्रष्ट पार्दै चालिसेले भने, ‘यो संख्या थपिएकोलाई नेता उत्पादन होइन, कार्यक्षेत्र विस्तार भएको रुपमा बुझ्नुपर्ने हुन्छ ।’

केन्द्रीय समितिको सदस्यले पनि तोकिएको जिम्मेवारी र कार्यक्षेत्रमा कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?