+
+
Shares

जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन कांग्रेसले ‘गर्भनेन्स इन्सिच्युट’ गठन गर्ने

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले विधानमा ‘गर्भनेन्स इन्स्च्यिुट’ को व्यवस्थासहितको मस्यौदा बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १३:०२

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिको कार्यलाई प्रभावकारी बनाउन ‘गर्भनेन्स इन्सिच्युट’को गठन गर्ने भएको छ ।

पार्टीको विधानमा पहिलोपटक यो व्यवस्था राखिएको हो । ‘नेपालको संविधान बमोजिम तहगत सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन, सरकार सञ्चालनको पूर्व तयारी तथा निरन्तर अनुगमन गर्न र निर्वाचित व्यक्तिले निरन्तर रुपमा गुणस्तरीय सेवा प्रवाह गर्न गराउन ‘‘गर्भनेन्स इन्सिच्युट’को व्यवस्था गर्ने’ विधानको व्यवस्थामा भनिएको छ ।

कांग्रेसको बैठकहरुमा पार्टीले सरकार बनाएको स्थानमा सरकार र पार्टीको समन्वय नहुने गरेको भन्दै विगतमा प्रश्न उठ्ने गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले विधानमा ‘गर्भनेन्स इन्सिच्युट’ को व्यवस्थासहितको मस्यौदा बनाएको हो । उक्त मस्यौदालाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महाधिवेशन हलबाट पारित गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?