+
+
Shares

कांग्रेसमा कुन-कुन पद थपिँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ११:५२

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले उपसभापति र महामन्त्रीमा १/१ जना महिला हुने गरी विधान संशोधन गर्ने भएको छ । अब उपसभापति चार जना हुनेछन् । चार उपसभापतिमा एक जना वरिष्ठ उपसभापति हुने गरी पद सिर्जना गरिएको छ ।

महामन्त्रीमा समेत एक जना महिला हुने गरी तीन जना गरिने भएको छ । यसअघि दुई जना हुने व्यवस्थामा संशोधन गरेर एक महिला सहित तीन महामन्त्री बनाउने व्यवस्था गरिएको हो । उपसभापति र महामन्त्री सबै निर्वाचित हुनुपर्नेछ ।

सहमहामन्त्रीमा पनि संख्या बढाइएको छ । ११ जना सहमहामन्त्री हुने गरी बनेको विधानलाई संशोधन गरेर १३ सह महामन्त्री बनाउन लागिएको हो । समावेशिताको आधारमा ८, खुलाबाट २ र सभापतिले मनोनित गर्ने ३ सहित १३ जना सहमहामन्त्री हुने व्यवस्था गर्न लागिएको छ ।

अघिल्लो महाधिवेशनमा समावेशिताका आधारमा ८ जना सहमहामन्त्री हुने विधि बनाइएको थियो । संशोधित विधान अनुसार अब पदाधिकारीको संख्या २१ सदस्यीय हुने भएको छ ।

खुलातर्फबाट छनोट हुने ३५ जना केन्द्रीय सदस्यको संख्या पनि थप्न लागिएको छ । उक्त संख्यालाई बढाएर ४५ पुर्‍याउन लागिएइको छ । खुलातर्फबाट छनोट हुने केन्द्रीय सदस्यको संख्या बढाउँदा अन्य क्लष्टरबाट पनि थप्नुपर्ने माग पार्टीमा उठेको शीर्ष तहका एक नेताले जानकारी गराए ।

उनका अनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरुको संख्या थप्ने सहमति भइसकेको छ भने केन्द्रीय सदस्यको संख्या यकिन गर्नका लागि छलफल भइरहेको छ ।

२३१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी यसअघि बनेको विधान संशोधन गरेर आकार बढाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?