Comments Add Comment

नेपालको उड्डयन क्षेत्र थप एक बर्ष युरोपेली कालोसूचीमा

२८ मंसिर, काठमाडौ । नेपालको उड्डयन क्षेत्र जोखिम मुक्त हुन नसक्दा यूरोपेली आयोगले आफ्नो कालोसूचीमा निरन्तरता दिएको छ ।

युरोपेली आयोगले युरोपेली युनियन (ईयू) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘ईयू हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपालको कालोसूचीलाई निरन्तरता दिएको हो । अब नेपालको उड्डयन क्षेत्र थप एक बर्षका लागि युरोपेली आयोगको airportकालोसूचीमा रहने छ ।

कालोसूचीका कारण नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप आउन र ईयूभित्र उडान गर्न पाउँदैनन् । यसले नेपालको छवि अन्तराष्ट्रिय क्षेत्रमा विग्रिएको छ ।

ईयू हवाई सुरक्षा समितिको मंसिर ९ र १० मा बसेको बैठकपछि जारी गरेको विज्ञप्तिमा ईयू हवाई सुरक्षा सूचीमा रहेका चारवटा बाहेक अन्य देशका उड्डयन क्षेत्रमा गरेको सुधार सन्तोषजनक नदेखिएको उल्लेख छ ।

युरोपको कालोसूचीमा परेपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले त्यसबाट उम्किन उड्डयन क्षेत्र सुधारिएको सम्बन्धी आवश्यक सम्पूर्ण कागजात गत भदौ २६ मा युरोपेली आयोगमा पठाएको थियो । तर, नेपालको हवाई सुरक्षामा अझै सुधार नआएको ठहर गर्दै ईयूले कालोसूचीलाई निरन्तरता दिएको हो ।

युरोपेली आयोगले २०७० मंसिर २० गते नेपालका सम्पूर्ण वायुसेवा कम्पनीलाई ईयूअन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो ।

नेपालसँगै अफगानिस्तान, कंगो, इन्डोनेसिया, काजकस्तान, किर्गिस्तान, लाइबेरिया, मोजाम्बिक, फिलिपिन्स, सियरालियोन, सुडान, स्वीटजरल्याण्ड, जाम्बिया लगायतका मुलुक ईयूको कालोसूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment