Comments Add Comment

पुसभित्रै नयाँ विद्युत ऐन ल्याइने

२९ मंसिर, काठमाडौ । उर्जा मन्त्रालयले आगामी पुसभित्रै नयाँ विद्युत ऐन ल्याउने जानकारी दिएको छ । लामो समयदेखि संसदमा विचाराधिक ऐन संशोधनसहित जारी गर्ने तयारी गरिएको सह-सचिव तथा प्रवक्ता केशवध्वज अधिकारीले बताए ।

All about light: from bulbs to artकाठमाडौमा आयोजित एक कार्यक्रममा प्रवक्ता अधिकारीले नयाँ ऐन आएपछि जलविद्युत विकासमा स्वदेशी तथा विदेशी लगानीलाई संस्थागत गर्न सकिने बताए, नागरिक दैनिकमा खबर छ ।

‘आयोजनाको निर्माण स्वीकृतिमै समस्या छ,’ उनले भने, ‘अब विद्युत खरिद सम्झौता (पीपीए) र प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान ऐनमै ब्यवस्था गर्न लागिएको छ ।’
उनले भारतसँग गरिएको विद्युत ब्यापार सम्झौता (पीटीए), माथिल्लो कर्णाली र अरुण तेस्रोसँग गरिएको आयोजना विकास सम्झौता (पीडीए) भइसकेकाले पनि विदेशी लगानी आउने वातावरण अझ सहज भएको बताए ।

उनका अनुसार भारतसँग विद्युत खरिद तथा विक्री गर्न ६ महिनाभित्र चार सय केभी ढल्केबर-मुजˆफरपुर चार सय केभी प्रसारण लाइन निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment