Comments Add Comment

संसारकै पातलो स्मार्टफोन नेपाल आयो

Gionee-Elife-S5.1-final-2

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनीले अहिलेसम्मकै पातलो स्मार्टफोन ‘इलिफ एस ५.१’ मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

इलिफ एस ५.१ को मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ पर्ने छ । साथै, जियोनीले ‘एम थ्री म्याराथन’ स्मार्टफोन पनि मंगलबार नै सार्वजनिक गरेको छ, जसको मूल्य २० हजार पर्ने छ ।

नेपालमा जियोनीका मोबाइल बिक्रि सुरु भएको तीन महिनाभित्र करिव २० हजार सेट बिक्रि भइसकेको बितरक टेलिटक प्रा.लिले जनाएको छ ।

टेलिटकका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने- तीन महिनाको बिक्रिबाट निकै उत्साहित छौं ।’

पातलो स्मार्टफोनका बिशेषता

बिश्वकै ध्यान तान्न सफल इलिफ एस ५.१ यसको डिजाइन र तौलका कारण लोकप्रिय बन्न सफल भएको छ ।

४.८ इन्चको एमोलेड डिस्प्लेमार्फत उपभोक्ताहरुले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्नेछन् । ८ मेगापिक्सेल रेयर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरामा बिभिन्न मोडअनुसार तस्वीर खिच्न सकिन्छ ।

Gionee-s5_1-final

फोटो खिचेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर थप आर्कषक बनाउन सक्छन् ।

इलिफ एस ५.१ मा फेक कल, ओटिजी मोड, डिटिएस मोड, फि्लप अलार्म आदि स-साना कुराहरु यसमा जडान गरिएको छ । साथै, यसमा वेट हृयाण्ड मोड पनि उपलब्ध छ ।

यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जिबी र्‍याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लासजस्ता विशेषताहरु छन् । नेपालमा तीन महिनामा ५ हजार थान बिक्री गर्ने जियोनीको लक्ष्य छ ।

एमथ्री म्याराथन

यो स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको उच्च क्षमताको ब्याट्रि हो । यसमा ५००० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।

Jionee-M3-Marathon-final

जुन ब्याट्रि एकपटक फुल चार्ज गरेपछि ३३.७ घण्टासम्म लगातार कुरा गर्न र ३२ दिनसम्म चार्ज नगरी प्रयोग गर्न सकिन्छ ।
लोडसेडिङबाट ग्रस्त नेपालमा यो फोन अति उत्तम हुने टेलिटकका सिइओ अग्रवालले दाबी गरे ।

यो स्मार्टफोन ओटिजी रिभर्स चार्ज, ओटिजी डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रिन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताले भरिपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment