+
+

यो वर्ष पाँच प्रतिशतले धान उत्पादन घट्ने

२ पुस, काठमााडौ । सरकारले चालू वर्ष अधिकांश खाद्यान्न बालीको उत्पादन घट्ने अनुभान गरेको छ । कृषि विकास मन्त्रालयले चालू वर्ष गहुँबाहेक अन्य बालीको उत्पादन घट्ने अनुमान सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २ गते ७:१९

DHAN-katdai-dang

  • फाइल तस्वीर

२ पुस, काठमााडौ । सरकारले चालू वर्ष अधिकांश खाद्यान्न बालीको उत्पादन घट्ने अनुभान गरेको छ । कृषि विकास मन्त्रालयले चालू वर्ष गहुँबाहेक अन्य बालीको उत्पादन घट्ने अनुमान सार्वजनिक गरेको हो ।

यो वर्ष मुख्य खाद्यान्नको रुपमा रहेको धानको उत्पादन ५.१ प्रतिशतले घट्ने अनुमान मन्त्रालयले गरेको कारोबार दैनिकमा खबर छ ।

ढिला मनसुनका कारण समयमा रोपाइँ हुन जमिन बाँझो भएको तथा बाढीपहिरोका कारण खेतीजन्य जग्गा र लगाइएको धानखेतीमा क्षति पुगेकाले धानको उत्पादन गत आर्थिक वर्षको तुलनामा दुई लाख ५८ हजार टन हुने प्रारम्भिक अनुमान छ ।

गहुँको उत्पादनमा भने मन्त्रालयले केही बोलेको छैन । यो गहुँ लगाउने सिजन हो । मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी यो वर्ष मुलुकभर करिब ४७ लाख ८८ हजार टन धान उत्पादन हुने प्रारम्भिक अनुमान रहेको जनाएको हो । गत वर्ष भने अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भई ५० लाख ४७ हजार टन धान उत्पादन भएको थियो ।

‘यो उत्पादन गत वर्षको भन्दा करिब पाँच प्रतिशत कम भए पनि आर्थिक वर्ष २०६९/७० को भन्दा ६ प्रतिशत बढी छ,’ मन्त्रालयका प्रवक्ता डा. उदयचन्द्र ठाकुरले भने, ‘धानको उत्पादन घट्नुको मुख्य कारण रोपाइँ हुन नसकी बाँझो रहेको जमिन तथा ढिलो सुरु भएको मनसुन नै हो ।’ कृषि प्रविधिको विकास र तराई क्षेत्रमा अन्य जातको भन्दा दोब्बर उत्पादन हुने जातको प्रयोग बढेका कारण उत्पादनमा थोरै मात्र कमी आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?