Comments Add Comment

गुगलमा सर्वाधिक खोजियो इबोलादेखि किस खाने कलासम्म !

google-searchविश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलमा यो वर्ष सन् २०१४ भरि सबैभन्दा धेरै के कुराको बारेमा खोजी गरियो होला ? गुगलले सन् २०१४ मा सबैभन्दा बढि खोजी गरिएका टप टेन विषयको सूचि सार्वजनिक गरेको छ ।
गुगलका अनुसार आत्महत्या गरेका अमेरिकी हाँस्यव्यंग्य अभिनेता रोबिन विलियम्स सन् २०१४ मा गुगलमा सबैभन्दा बढि खोजी गरिएको व्यक्ति तथा विषय बनेका छन् ।
यो वर्ष नै भएको फुटबलको कुम्भमेला विश्वकप फुटबल गुगलमा सबैभन्दा खोजी गरिएको दोश्रो ट्रेण्डिङ सर्चको रुपमा रहेको छ ।
यो वर्ष पश्चिम अफ्रिकामा फैलिएको इबोला रोग पनि सर्वाधिक चासो तथा चर्चाको विषय बनिरहेको छ । त्यसैले इबोलाले गुगलको खोजीमा पनि आफुलाई तेश्रो स्थानमा पार्न सफल भएको छ ।
२ सय ३९ जना यात्रु बोकेर मलेसियाको क्वालालम्पूरबाट चीनको बेइजिङका लागि उडेको मलेसियन एयरलाइनको जहाज हराएको खबर यो वर्ष विश्वको सबैभन्दा चर्चाको विषय मध्ये एक रह्यो । मलेसियन एयरलाइन्सको बोइङ ३७० जहाज मार्च ८ मा हराएको र अहिलेसम्म पनि फेला पर्न सकेको छैन । विश्वलाई नै स्तब्ध पार्नेगरी भएको जहाज बेपत्ताको यो खबरले विश्वका मिडियाहरुमा निकै स्थान बनाउन सफल भयो सोही कारण पनि होला मलेसिया एयरलाइन्स गुगलमा सर्वाधिक खोजी गरिने चौथो विषय बनेको छ ।
त्यस्तै च्यारिटी संस्थाले सुरु गरेको आइस बकेट च्यालेन्ट अर्थात् टाउकोमा चिसो जमेको पानी खन्याउने अभियान पनि यो वर्ष निकै चर्चामा रह्यो । दुनियाँका धेरै चर्चित मानिसहरुले समेत टाउकोमा चिसो पानी खन्याएका भिडियोहरु अनलाइनमा भाइरल बने । गुगल सर्चमा आइस बकेट च्यालेन्ट पाँचौ स्थानमा रहेको छ ।
अचम्म लाग्नसक्छ, दुनियाँका एक से एक मोबाइल एप तथा अन्य प्रविधिका कुराहरुलाई पछि पार्दै भियतनामका एक व्यक्तिले विकाश गरेको मोबाइल एप फ्लाप्पी बर्ड यो वर्ष गुगलमा सर्वाधिक खोजी गरिएको एप बन्न सफल भएको छ । एकाएक लोकप्रिय बन्दै दिनमै ५० हजार डलरसम्म कमाएको यो एपलाई बिकाशकर्ताले एकाएक बन्द गरेपछि झनै खोजीको बिषय बनेको थियो । एप तर्फ नम्बर वान रहेको यो मोबाइल एप गुगलमा सबैभन्दा बढि खोजी गरिएका विषयहरुको छैटौँ नम्बरमा परेको छ ।
एकजना अस्ट्रियाली समलिंगीले यो वर्ष विश्वको ध्यान तान्न सफल भए । कोन्चिटा उस्र्ट भनेर चिनिचे थोमस टम न्युरिथले युरोभिजन संगीत प्रतियोगिताको उपाधि जितेपनि उनको चर्चा बढको हो । उनी यो वर्ष गुगलमा खोजी गरिने विषयको सूचिमा सातौँ नम्बरमा परेका छन् ।
इराक तथा सिरिया लगायतका देशमा तहल्का मच्चाइरहेको इस्लामिक स्टेट विद्रोही समुह आइएस आइएस समेत यो वर्ष निकै चर्चामा छन् । अमेरिका, बेलायत लगायतका पश्चिमा नागरिकहरुलाई बन्धक बनाउने र घाँटी छिनालेर मारेको भिडियो सार्वजनिक गरेसँगै आइ एस विद्रोही समुह थप चर्चामा आएको हो । गुगलमा सबैभन्दा बढि खोजि गरिएको सूचिमा आइ एस आइ एस आठौँ स्थानमा रहेको छ ।
गुगलमा सबैभन्दा बढि खोजी गरिएको नबौँ नम्बरमा अमेरिकी थ्री डी एनिमेटेड फिल्म फ्रोजन रहेको छ । यो म्युजिकल फन्टासी कमेडी फिल्म हो । जसमा एक निडर राजकुमारी मुख्य पात्रको रुपमा रहेकी छिन् । यो फिल्म अघिल्लो वर्षको नोभेम्बरमा रिलिज भएपनि यो वर्ष थप चर्चामा रहन सफल भएको हो ।
गुगलमा सबैभन्दा बढि सर्च गरिएको दशौँ विषय बन्न सफल भएको छ, रुसको शोची सहरमा भएको शितकालीन ओलम्पिक खेल । फेब्रुअरी ७ देखि २३ सम्म चलेको शीतकालीन ओलम्पिक सोभियत संघ टुक्रिएपछि रुसमा भएको पहिलो ओलम्पिक खेल समेत हो ।
गुगलमा के सोधियो बढि ?
गुगल सर्च इन्जिनमा कुनै निश्चित प्रश्नात्मक ढाँचामा सोधिएका विषयहरुको लगत समेत गुगलले राखेको छ । जस अनुसार फलानो भनेको के हो ? भन्ने ढाँचामा गुगलमा सोधिएका टप टेन प्रश्न यस्ता छन्ः
· इबोला के हो ?
· ए एल एस के हो ?
· आइएसआइएस के हो ?
· बिटक्वाइन के हो ?
· एसफाइजिया के हो ?
· जिमेरगेट के हो ?
· एप के हो ?
· मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम अर्थात् मेर्स के हो ?
· हमास के हो ?
· एयरड्रप के हो ?

कसरी गर्ने भनेर यी कुरा सोधियो बढि
· एयर ड्रप कसरी गर्ने ?
· कन्टुर कसरी गर्ने ?
· भोट कसरी गर्ने ?
· किस कसरी गर्ने ?
· कसरी कप्ने ?
· कलर ब्लक कसरी गर्ने ?
· वेक बोर्ड गर्ने कसरी ?
· पुरानो चिजलाई कसरी चम्काउने -रिफर्बिस गर्ने) ?
· कसरी निक्षेपण गर्ने ?
· डी आइ वाइ कसरी गर्ने ?

यो पनि पढ्नुहोस्-  गुगलमा सर्वाधिक खोजिएका १० ग्याजेट्स-अाइफोनदेखि नोकियासम्म

सबैभन्दा चर्चामा रहेका विषय समेटेर गुगलले बनाएको भिडियो यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment