Comments Add Comment

१८ करोड मानिस इन्टरनेटका अम्मली, कसरी छुटाउने लत ?

internet-addiction-1के तपाइँ इन्टरनेट चलाएरै राति अबेरसम्म जागै बस्नुहुन्छ ? इन्टरनेटमा एकक्षण पनि जोडिन नपाउँदा निरास त बन्नुहुन्न ? यदि यस्तो हो भने पक्का हुनुहोस्, तपाइँमा इन्टरनेटको अम्मल लागिसकेको छ । यो एकप्रकारको लत नै हो, जसबाट विश्वका सयमा ६ जना अर्थात् १८ करोड २० लाख मानिस ग्रसित रहेको हालैको एक अध्ययनले देखाएको छ ।

यसअघिका इन्टरनेटको लत सम्बन्धिका प्राज्ञिक अध्ययनको अध्ययन गरी त्यसलाई हरेक देशहरुको इन्टरनेट विस्तारसँग तुलना गर्दै युनिभर्सिटी अफ हङकङका शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका छन् । उनीहरुका अनुसार मध्यपूर्व एसिया विश्वमा सबैभन्दा धेरै इन्टरनेट अम्मलीको क्षेत्र बनेको छ ।
शोधकर्ता सिसेलिया चेंग र एन्जेल यी लाम ली ले विभिन्न ८० वटा अध्ययनपत्रहरु छनोट गरेका थिए जसमा विश्वका विभिन्न ७ क्षेत्रका ३१ देशका मानिसहरुको इन्टरनेटको लतका बारेमा शोध गरिएको थियो ।
शोधकर्ताले ती अध्ययनबाट प्राप्त तथ्यांकलाई देशहरुको कुल गार्हस्थ उत्पादन, इन्टरनेटको विस्तार तथा इन्टरनेटका प्रयोगकर्ताको संख्यासँग आबद्ध गरे ।
त्यसक्रममा अध्ययनमा समावेश गरिएका देशहरुमा इन्टरनेट अम्मलीको संख्या कुल जनसंख्याको औषतमा ६ प्रतिशत रहेको पाइयो ।

internet-addiction-2सबैभन्दा उच्च इन्टरनेट लत भएको क्षेत्र मध्यपूर्व रहेको छ । त्यहाँ इन्टरनेट लतको दर १०.९ प्रतिशत रहेको छ, त्यसमा इरान, इजरायल, लेवनान र टर्की समावेश छन् ।
इन्टरनेट अम्मल उच्च रहेको दोश्रो क्षेत्र उत्तर अमेरिका परेको छ । त्यहाँ इन्टरनेट अम्मलीको संख्या ८ प्रतिशत छ । समग्र एसियामा इन्टरनेट एडिक्सन ७.१ प्रतिशत रहेको छ । दक्षिण तथा पूर्वी युरोपमा ६.१ प्रतिशत, ओसेनियामा ४.३ प्रतिशत र उत्तरी तथा पश्चिमी युरोपमा २.६ प्रतिशत रहेकेा छ ।
यसैबीच फ्रन्ट रेन्ज नामक संस्थाले गरेको अध्ययन अनुसार विश्वका ५३ प्रतिशत मोबाइल फोन प्रयोगकर्ताहरु आफ्नो मोबाइल चलाउन नपाउँदा निकै नै निरास बन्ने गरेको पाइएको छ ।
कतै तपाइँ इन्टरनेटको लतमा फस्नुभएको त छैन ?
विज्ञहरुका अनुसार मानिस नजानिदो तरिकाले इन्टरनेटको अम्मली बन्न सक्छ । यस्ता लक्षणहरु आफुमा पाउनुभयो भने बुझ्नुहोस्, तपाइँमा इन्टरनेटको लत बसिकेको छ ः
· इन्टरनेट चलाउन धेरै समय खर्चिनका लागि तपाइँले अन्य कामलाई त्याग्ने वा बेवास्ता गर्ने त गर्नुहुन्न ?
· अफलाइन हुँदा पनि अनलाइन हुनेबारे सोँचिरहनुहुन्छ ?
· तपाइँले अनलाइनमा धेरै समय बिताएको भनि कतै अरुले तपाइँको आलोचना गर्न सुरु गरेका त छैनन् ?
· अनलाइनमा आउन तपाउँदा कतै तनाव तथा नमज्जा अनुभुति त हुँदैन ? अनलाइनमा आउँदा बित्तिकै त्यस्तो तनाव स्वात्तै हराइहाल्ने हुन्छ की ?

internet-addiction-3इन्टरनेट लतको उपचार के ?
लण्डनको क्यापिओ नाइटिंगेल अस्पतालका प्रविधि कुलत कार्यक्रम विज्ञ डाक्टर रिचार्ड ग्राहमका अनुसार इन्टरनेटको लतबाट छुटकारा दिलाउने केही उपाय यस्ता छन् ः
नियन्त्रित रुपमा इन्टरनेट चलाउने डिभाइसको पहुँच हटाउने । सुरुका ७२ घण्टा इन्टरनेट चलाउने ग्याजेट प्रयोगकर्ताको हातमा पर्नै नदिने । त्यसपछि विस्तारै नियन्त्रित रुपमा दिँदै जाने ।
दिनमा कति समय इन्टरनेट चलाउन दिने भन्ने अधिकतम समय तोक्ने र त्यस्तो नियम कडाइ पूर्वक पालना गर्ने ।
फोन अफ गर्ने वा खाना खाने बेला तथा परिवार र साथीभाइसँग रहेको बेला साइलेन्ट मूडमा राख्ने विधि पनि इन्टरनेटको लत कम गर्ने एउटा तरिका हो । रातमा निद्रा त्यागेर इन्टरनेट चलाइरहनेहरुका लागि यो विधि अझ उपयुक्त हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment