Comments Add Comment

एमाओवादीलाई समेटेर संविधान बनाऔं : कांग्रेस नेता खाँण

९ पुस, बुटवल । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले एकीकृत नेकपा माओवादीलाई बाहिर राखेर नयाँ संविधान जारी गर्न नहुने बताएका छन् । कुनै पनि राजनीतिक शक्तिलाई बाहिर राखेर जारी गर्ने संविधान दीगो नहुने उनको भनाइ थियो ।

balkrishna-khand,-butawalनेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा खाँणले संविधान सहमतिको दस्तावेज भएकोले सबैको सहमति खोज्नुपर्ने बताए ।

एमाओवादीलाई समेत समेटेर राष्ट्रिय सरकार बनाउनुपर्ने उनको भनाइ थियो ।

नेता खाँणले माघ ८ मा कुनै पनि हालतमा नयाँ संविधान जारी गर्न नसकिने ठोकुवासमेत गरे । ‘प्रक्रियामै गयो भने पनि ३-४ महिना लाग्छ, माघ ८ मा संविधान आउने सम्भावना छैन,’ खाँणले भने ।

राजनीतिक दलका शीर्ष नेताहरुले माघ ८ मै संविधान आउँछ भनेर जनतालाई ढाँटेको भन्दै उनले त्यसलाई राजनीतिक बेइमानीको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment