+
+

डलर वर्षदिन यताकै महंगो, अझै बढ्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते १४:०१

१० पुस काठमाडौं । पुस १ गतेदेखि डलरको मुल्य लगातार सय रुपैयाँ माथि छ । सय नाघेको डरल बढ्दो प्रवृत्तिमा छ । विश्लेषकहरुले अझै महंगिन सक्ने बताएका छन ।

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले प्रतिअमेरिकी १ सय १ रुपैयाँ ३३ पैसामा किनेर १ सय १ रुपैयाँ ९३ पैसामा बिक्री गर्ने जनाएको छ ।
एक वर्षअघि अर्थात २५ डिसेम्बर २०१३ मा प्रतिअमेरिकी डलरको खरिद मुल्य ९८ रुपैयाँ ५७ पैसा र बिक्री मुल्य ९९ रुपैयाँ १७ पैसा थियो ।

एक वर्षमा भएको डलरको भाउको उतार-चढाव अवस्था

महिना डलरको खरिद मुल्य (रुपैयाँमा) बिक्री मुल्य (रुपैयाँमा)
२५ डिसेम्बर २०१३ ९८.५७ ९९.१७
२५ जनवरी २०१४ ९९.९६ १००.५६
२५, फेब्रुअरी २०१४ ९९.०२ ९९.६२
२५, मार्च २०१४ ९६.९५ ९७.५५
२५, अपि्रल २०१४ ९७.४२ ९८.०२
२५, मे २०१४ ९३.३४ ९३.९४
२५, जुन २०१४ ९५.९२ ९६.५२
२५, जुलाई २०१४ ९५.९० ९६.५०
२५, अगस्ट २०१४ ९६.४५ ९७.०५
२५, सेप्टेम्बर २०१४ ९७.२४ ९८.८४
२५, अक्टोबर २०१४ ९७.७६ ९८.५०
२५, नोभेम्बर २०१४ ९८.८० ९९.४०
२५, डिसेम्बर २०१४ १०१.३३ १०१.९३

अहिलेको डलरको मुल्य २०१४ कै  सबैभन्दा महंगो हो । र, तत्काल डलर कमजोर हुने अवस्था भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई बताए ।

अमेरिकाको केन्द्रिय बैंकले बजारमा भएको तरलता खिच्न जारी गर्दै आएको ‘बण्ड’ बन्द गरेपछि संसारभर डलर महंगिएको हो ।

‘अमेरिकाको फेडरल रिजर्भले बन्ड बन्द गरेपछि बजारमा डलरको व्याजदर बढ्ने डलरको मुल्य बढेको हो’ सीइओ दाहालले भने-विश्वपरिवेस हेर्दा तत्कारल डलर सस्तिने आधार पनि देखिँदैन ।

डरल महंगिएसँगै संसारभर पेट्रोलियम पद्धार्थ र सुनको मुल्य घटेको छ । ‘लगानीकर्ताहरु डलरमा आकषिर्त भएपछि सुन र पेट्रोलको मुल्य घटेको हो’ उनले भने ।

पुस महिनामा भएको डलरको भाउको उतार-चढाव

दिन प्रतिडलर खरिद मुल्य प्रतिडलर बिक्री मुल्य
पुस १ १००.४१ १०१.०१
पुस २ १०१.३६ १०१.९६
पुस ३ १०१.४९ १०२.०९
पुस ४ १००.६८ १०१.२८
पुस ५ १००.९८ १०१.५८
पुस ६ १००.९८ १०१.५८
पुस ७ १००.९८ १०१.५८
पुस ८ १००.८९ १०१.४९
पुस ९ १००.९६ १०१.५६
पुस १० १०१.३३ १०१.९३

नेपाली मुद्राको भारतीय मुद्रासँग स्थीर विनयमदर भएकाले र नेपालको अधिकांस व्यापार भारतसँग हुने भएकाले बढेको डलरको प्रत्यक्ष प्रभाव नेपाली अर्थमन्त्रमा कम पर्छ । तर, डलर बढ्दा भारतमा मुल्यवृद्धि बढ्ने र त्यसको असर नेपालमा पर्छ ।

‘नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलर बढ्दा यहाँ मंहंगी बढ्छ’ उनले भने ।
डरलको मुल्य बढ्दा पयर्टन र रेमिटान्सबाट प्राप्त हुने रकम बढेपनि समग्र नेपाली अर्थतन्त्रमा डलर वृद्धिको नकरात्मक असर पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?