+
+

सैनिक श्रीमती सङ्घद्वारा न्यानो कपडा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १४ गते ९:२१

१४ पुस, सर्लाही । नेपाली सेनाको सैनिक श्रीमती सङ्घले सर्लाहीका अति विपन्न १ सय ६० परिवारलाई आइतबार न्यानो कपडा वितरण गरेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० अन्तर्गत बेलाटोलाका ९१ दलित परिवार एवम् अति विपन्न ६९ परिवारलाई ओड्ने कम्बल, बच्चाको कपडा, पुरुष तथा महिलाले लगाउने कपडा वितरण गरिएको नेपाली सेना रिपुमर्दन गणका प्रमुख अन्जनकेशर खत्रीले जानकारी दिए ।
राहत पाउनेमा ११ एकल महिला परिवारसमेत रहेको नेपाली सेनाले जनाएको छ । जाडो मौसममा न्यानो कपडा पाएपछि निकै राहत महसुस भएको स्थानीय ६५ वर्षकी चम्पादेवी चौधरीले बताइन ।
शीतलहर पीडित राहत वितरण कार्यक्रमअन्तर्गत विपन्न एवम् दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको सैनिक श्रीमती सङ्घकी कार्यकारी सदस्य सीमा श्रेष्ठले जानकारी दिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?