+
+

छ थान मूर्तिसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १६ गते ९:२४

१६ पुस, इलाम । इलाका प्रहरी कार्यालय पशुपतिनगरले भन्सार प्रज्ञापनपत्र नबनाई अवैध रूपमा भन्सार छली भारत भित्रयाउन लागेको अवस्थामा पशुपतिनगर-४ बाट छ थान तामाका विभिन्न मूर्तिसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार छली मूर्ति भारततर्फ लैजाने क्रममा जाँच गर्ने क्रममा दार्जिलिङ-लोबेमा-२ ग्रामपञ्चायत निवासी ३२ वर्षका छिरिङ शेर्पासहित रु एक लाख ९७ हजार मूल्य बराबरका छ थान मूर्ति पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए ।

गुरु रिम्पोछेको तामाले बनेको एक थान ठूलो मूर्ति, गुरु चरेसीको तामाले बनेको पहेँलो मूर्ति, बुद्धको तामाले बनेको सानो मूर्ति गरी छ थान बरामद गरिएको हो । बरामद गरिएका मूर्तिसहित शेर्पालाई मङ्गलबार नै पशुपतिनगर भन्सार कार्यालय बुझाइएको थापाले बताए । ती मूर्ति कहाँबाट ल्याइएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?