+
+

सुनिताको प्रश्न : सिरक ओढेर सुत्दा कस्तो हुन्छ ? (भिडियो सहित)

१६ पुस, बिराटनगर । जनपथ टोलकी बालिका सुनिता मरिकले अहिलेसम्म सिरक ओढ्न पाएकी छैनन् । १४ वर्षकी सुनितालाई सिरक ओढेर सुत्दा कस्तो अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा छैन । शहरको गरीब एवं दलित परिवारमा जन्मिएकी सुनिताले अनलाइनखबरसँग भनिन्- ‘धेरै सालदेखि पुस-माघको जाडो काटेकी छु, तर सिरकको न्यायो कस्तो हुन्छ, थाहा छैन । जाडोमा साडी नै ओढ्नु र ओछ्याउनुपरेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १६ गते ११:१५

1-sunita-marik-finalध्रुव भट्टराई

१६ पुस, बिराटनगर । जनपथ टोलकी बालिका सुनिता मरिकले अहिलेसम्म सिरक ओढ्न पाएकी छैनन् । १४ वर्षकी सुनितालाई सिरक ओढेर सुत्दा कस्तो अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा छैन ।

शहरको गरीब एवं दलित परिवारमा जन्मिएकी सुनिताले  अनलाइनखबरसँग भनिन्- ‘धेरै सालदेखि पुस-माघको जाडो काटेकी छु, तर सिरकको न्यायो कस्तो हुन्छ, थाहा छैन । जाडोमा साडी नै ओढ्नु र ओछ्याउनुपरेको छ ।’

‘सिरकको न्यायो त परै छाडौं, सुनिता भन्छिन्- ‘आङमा लगाउने न्यानो कपडासमेत छैन ।’ सुनिताका भाइ भन्छन्, ‘गरीब छौं, साइकल छैन, कट्टु छैन, बा आमाको व्यवसाय छैन ।’

शहरमा गरीबीको कहर

गाउँका गरीब र सहरका गरीबमध्ये कसको स्थिति बढी खराब होला ? मानिसहरु सोच्छन्, शहरमा पक्कै पनि गाउँमा जस्तो दुःख हुँदैन । तर, गरीब र ‘दलित’ भएपछि के सहर, के गाउँ, सबैतिरको दुःख उस्तै हुँदोरहेछ ।

जनपथ निवासी ५१ वर्षीय दिनेश डुम भन्छन्- ‘जाडो छल्न न त न्यायो कपडा छ, न आगो ताप्ने दाउरा नै छ, एकसरो लुगामा चिसो भुईमा रात बिताउन बाध्य छौं ।’

दिनेशको दुखेसो छ, ‘चिसो बढेसँगै न्यायो कपडा दिन्छन् भन्ने सुनेको छु, तर अहिलेसम्म एक टुक्रा कपडा कतैबाट पाएको छैन ।’

बिराटनगर नगरपालिकामा करिव १३ सय घर परिवार अति विपन्न दलित परिवार रहेका छन् । विभिन्न वडामा रहेका उनीहरुले जाडोयाम शुरु भएदेखि नै न्यायो कपडाको अभावमा रातभर कष्टकर जीवन बिताउने गरेका छन् ।

कतिपयले जाडो छल्न दिनभर दाउराको जोहो गरी दाउरा बालेर आगो ताप्दै रात काट्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण सिरकको उचित व्यवस्थापन गर्न नसक्दा अहिले चिसो बढेसँगै राति आगो बालेर आगोको छेउमा रात काट्न बाध्य हुनु परेको पीडा उनीहरुको छ ।

‘जाडोको कहर कहीनसक्नुभयो हजुर, न्यानो कपडा छैन, रातभरि आगो तापेर जिउ सेक्छौं ।’ सोही टोलकी मायावती मरिकले आफनो पीडा पोखिन् ।

दिनभर मजदुरी गर्ने मरिक र डुम समुदायका मानिसहरुले प्रायः शहर सफा गर्ने काम गर्दै आएका छन् ।

आफ्नो जग्गा जमिन नभएको र ऐलानी जग्गामा बसोबास गर्दै आएका यी दलित जाति लामो समयदेखि खरको सानो छाप्रोमा बस्दै आएका छन् ।

वर्षौंदेखि नगरको सफाइसम्बन्धी काम गरेर गुजारा चलाउँदै आएकी ५३ वर्षीया सेती मरिकले भनिन्- ‘श्रीमान् र म शहरको सफाइमा तल्लीन हुन्छौं, त्यहीँबाट आएको रकमले सामान्य घरखर्च टार्न हम्मेहम्मे हुन्छ, छोराछोरीलाई राम्रो लुगाफाटा लगाइदिन र ओढ्ने ओछयाउने बन्दोबस्त गर्न सकिएन ।’

सेतीका ३ छोरी र २ छोरा छन् । उनीहरुले स्थानीय निकायबाट समेत कुनै राहत पाउन सकेका छैनन् ।

भिडियो

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अहिले नै उनीहरुलाई राहत दिने कुनै कार्यक्रम नभएको जानकारी दिए ।

‘जाडो बढ्दै गएको छ, यस विषयमा आवश्यक छलफल पश्चात चाँडै निर्णयमा पुग्नेछौं,’ प्रजिअ कार्कीले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस्

मधेसमा न दाउरा छ, न ओढ्ने सिरक ! (फोटो कथा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?