Comments Add Comment

अमेरिकी डलरको भाउ ५१ पैसाले बढ्यो

dollar१८ पुस काठमाडौं । बुधबार र विहीबार घटेको अमेरिकी डलरको भाउ शुक्रबार ५१ पैसाले बढेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले १ सय १ रुपैयाँ ७ पैसामा किनेर १ सय १ रुपैयाँ ६७ पैसामा बिक्री गर्ने जनाएको छ ।

पुस १ गतेदेखि निरन्तर बढेको अमेरिकी डलर बुधबार ४५ पैसाले र बिहीबार ५६ पैसाले घटेको थियो ।

डरलको मुल्य बढ्दा भारतीय बजारमा महंगी बढ्ने भएकाले त्यसको असर नेपाली अर्थतन्त्रमा पर्छ । नेपाली अर्थतन्त्रमा आयातको तुलनामा निर्यात निकै कम भएकाले डलरको मुल्य बढ्दा नेपाललाई घाटा हुन्छ ।

अमेरिकी केन्द्रीय बैंकले बण्ड निस्काशन गर्न बन्द गरेपछि डलरको व्याजदर बढ्ने अपेक्षालगायतले डलरको मुल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment