Comments Add Comment

भारतीय सेना हुँदै चुरे नेतादेखि बमको हत्यासम्म

Rana-bdr-bam-murdar

१९ पुस, काठमाडौं । सर्वोच्चका न्यायाधीश रणबहादुर बम हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले चुरेभावर पार्टीका नेता सानुबाबु भनिने बाबु थापालाई सर्लाहीबाट पक्राउ गरेको हाे ।

थापासहित चारजना  जनकपुरबाट  पक्राउ परेको प्रहरीले बताएको छ ।

तीन वर्षअघि ललितपुरकाे  बंगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत जाने क्रममा युएन पार्क नजिकै न्यायाधीश बमको गोली हानी हत्या भएको थियो ।

को हुन् थापा ?

मधेस आन्दोलनको काउन्टरमा सर्लाहीको पहाडी क्षेत्रलाई केन्द्रित गरेर केशव मैनालीसहितको समूहले चुरेभावर पार्टी गठन गरेका थिए । २०६३ मा मैनालीको अध्यक्षमा चुरेभावर गठन हुँदा उपाध्यक्ष समेत रहेका सानुबाबु थापा चुरेभावरको आन्दोलन र ‘शान्ति सेना’को संयोजक थिए ।

Babu thapa pakrau

सर्लाही घर भएका थापाले भारतीय सेनामा जागिर खाँदा बन्दुक चलाउन सिकेका हुन् । पेन्सन नभई जागिर छाडेर नेपाल आएपछि उनी राजनीतिमा लागे ।

२०६४ मा भएको पहिलो संविधानसभामा उनी धनुषाबाट चुनाव लडेका थिए । पहिलो चुनावमा चुरेभावरले समानुपातिकमा एक सिट जित्यो । तर, अन्तरिक विवाद पार्टी फुट्दा सानुबाबुसहितको एक समूहले आफू आधिकारिक भएको दावी समेत गरेको थियो ।

तर, अहिले मैनाली र बद्री न्यौपानेबीच सहमति भएपछि बनेको पार्टीमा उनी नरहेको अध्यक्ष बद्री न्यौपानले बताए । न्यौपानेले अनलाइनखबरसँग भने-‘उनी २ वर्षदेखि पार्टीको सम्पर्कमा छैनन्, जिल्ला तिरै माइक्रो चलाएर बसेको हुनुपर्छ ।’

न्यौपाने महिला तथा बालबालिका मन्त्री भएको बेला सानुबाबु फाैजदारी अभियोगमा पक्राउ परेका थिए । पार्टी फुटका बेला मैनालीका छोरामाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका उनी पछि रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment