Comments Add Comment

क्रिकेट खेलाडी चार समूहमा बर्गीकरण, सोमपाल बी ग्रेडमा

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुलाई चार समूहमा बर्गीकरण गर्दै ३५ हजारसम्म मासिक पारिश्रमिक दिने भएको छ ।

बर्गीकरणमा राष्ट्रिय टोलीका २२ खेलाडी छन् । क्यानले नेपाली टोली डिभिजन टुको तयारीका लागि दक्षिण अफ्रिका जानुअघि अनुवन्ध गर्दैछ ।

जनवरी १ बाटै लागू हुने गरी खेलाडीसँग एक वर्षे सम्झौता गर्ने क्यानको तयारी छ । त्यसका लागि प्रशिक्षक पुवुदु दशानायकको सिफारिसमा २२ खेलाडीको बर्गिकरण (ग्रेडिङ) गरिएको छ ।

ए ग्रेडमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, शक्ति गौचन, वसन्त रेग्मी र सुवास खकुरेल छन् । उनीहरुले मासिक ३५ हजार पाउनेछन् ।

बी ग्रेडमा सोमपाल कामी, सागर पुन, नरेश बुढायर, अमृत भट्टराई, विनोद भण्डारी र भुवन कार्की छन् । उनीहरुले मासिक २५ हजार पाउनेछन् ।

ग्रेड सीमा मेहबुब आलम, जितेन्द्र मुखिया, आरिफ शेख, अनिल मण्डल, राहुल विश्वकर्मा र प्रदिप ऐरी छन् । उनीहरुले मासिक १५ हजार पाउने क्यान स्रोतले बताएको छ ।

समूह डीमा करण केसी, राजेश पुलामी, रामनरेश गिरी र पृथु बास्कोटालाई राख्ने क्यानको तयारी छ । उनीहरुले मासिक ५ हजार पाउनेछन् ।

  • मेहबुब ग्रेड सीमा हुनु पर्नेमा यसअघि अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-स.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment