२० पुस, ढाका । बंगलादेशमा प्रहरीले राजधानीमा आइबारदेखि सबै विरोधमा प्रतिबन्ध लगाएको छ । प्रमुख प्रतिपक्षी नेता खालेदा जियालाई ढाकामा उनकै कार्यालयमा थुनेर राखिएको छ ।
गत वर्ष भएको निर्वाचनपछि एक वर्ष पुरा भएको दिन सोमबार जियाले ”प्रजातन्त्रको हत्या भएको दिन” भन्दै आम प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।
त्ताधारी दलले धाँधली गर्नसक्ने भन्दै गत वर्ष भएको निर्वाचन जियाको पार्टी बङ्गलादेश नेसनालिस्ट पार्टी -बीएनपी) तथा उसका सहयोगी दलहरूले बहिस्कार गरेको थियो ।
जियाका सहयोगी एस.आर. सिमुल विश्वासले जियालाई कार्यालयमै बन्द गरिएको र प्रहरीले उक्त क्षेत्रलाई घेराबन्द गरेको बताए । जयाले आफ्ना बिरामी मित्रलाई मध्यरातमा भेट्न खोजेको तर नदिइएको बताइएको छ ।
सत्ताधारी दलले प्रतिद्वन्द्वको रूपमा सभा आयोजना गर्ने घोषणा गरेपछि प्रहरीले राजधानीमा हिंसा हुन नदिन आइतबार साँझ ५ः०० बजेदेखि सबै विरोध, भेला तथा प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।
प्रतिपक्षी दसौं हजार कार्यकर्ता ढाका आइपुग्ने डरले राजधानी जान लागेका बस तथा अन्य यातायात रोकिएका छन् ।
शनिबार मध्यरातमा प्रहरीले प्रमुख प्रतिपक्षी दलको राजधानीस्थित मुख्यालयमा ताल्चा लगाइदिएको स्थानीय टेलिभिजनहरूले जनाएका छन् । रासस/एएफपी
प्रतिक्रिया 4