Comments Add Comment

सल्यानको कपुरकोटमा कुमारी बैंकको शाखा

Kapurkot formal opening२१ पुस काठमाडौं । कुमारी बैंकले सल्यानको कपुरकोटमा ३४ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीलेले गरे ।

बैंकले ग्रामीण क्षेत्रलाई लक्षित गर्दै बैकिङ्ग सेवा विस्तार गरेकोमा अधिकारीले प्रशन्नता व्यक्त गरे ।

बैंकका अध्यक्ष नूरप्रताप राणाले अधिकाशं नेपालीलाई बैकिङ्ग कारोबारमा सहभागी गराउने उद्देश्यले बैंकले ग्रामीण क्षेत्र र साना शहरहरुमा शाखा विस्तार गर्दै लगेको उल्लेख गरे ।

प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलेेनयाँ शाखाले यो क्षेत्रमा वित्तीय कारोवार थपिंदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment