Comments Add Comment

बिहारमा महिला कर्मचारीलाई २ वर्ष चाइल्ड केयर लिभ

New-born-baby-with-mom

२३ पुस, काठमाडौं । बिहार सरकारले महिला कर्मचारीलाई शिशुको हेरचाहका लागि छुट्टी अर्थात ‘चाइल्ड केयर लिभ’ दिने निर्णय गरेको छ ।

बिहारमा ‘चाइल्ड केर लिभ’ पहिलो पटक लागू भएको हो । सरकारी महिला कर्मचारीले आफ्नो पुरा कार्यकालमा बच्चा रेखदेखका लागि दुई वर्ष अर्थात ७३० दिन अबकास दिने बिहार सरकारको निर्णय छ ।

साथै मातृत्व अवकासलाई १३५ दिनबाट बढाएर १८० दिन बनाउने निर्णय भएको छ । अब महिलाले ६ महिनाको छुट्टी एकै पटक पाउनेछन् । यो बच्चा हेरचाह छुट्टीभन्दा छुट्टै भने हुनेछैन ।

बिहारमा सरकारी महिला कर्मचारीले दुई पटक मातृत्व अवकास दिन सक्नेछन् । दुईभन्दा बढी बच्चाको मामिलामा भने मानवताका आधार।मा निर्णय हुने सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment