Comments Add Comment

टेक्सासमा सवै नेपाली भेला भर्इ स्वस्थानी वाचन

swasthani-2टेक्सास ।  नेपालीहरूको बाक्लो बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा निर्मित नेपाली मन्दिरमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत कथा सञ्चालन भइरहेको छ । हरेक दिन बेग्ला बेग्लै समूहको प्रायोजनमा उत्साहका साथ कथा कीर्तन चलिरहेको छ ।

पहिलो दिनको आयोजक विजयराज भट्टराई थिए भने दोस्रो दिनको कथा कीर्तनको आयोजक छवि चापागाईं थिए । यसैगरि मंगलबारको कथा कीर्तनको आयोजक यूलेसको तर्फबाट पूर्व नेपाली समाज टेक्सासका अध्यक्ष रामचन्द्र पोखरेल, हरि थापा, सबिता  न्यौपाने लगायत यूलेसबासीहरुको अगुवाइमा सम्पन्न भएको थियो ।

swasthani-1कथा वाचनपछि भजन कृतन तथा धार्मिक नृत्य हरि थापाको नेतृत्वमा करिब ८ बजे तिर कार्यक्रम भब्यताका साथ सम्पन्न भयो। कार्यक्रममा लगभग ५० – ६० जना भक्तजनहरुको उपस्थिति थियो। हरेक साँझ ६ बजे शुरु हुने स्वस्थानी पूजामा उपस्थित हुन पूजा समितिले सबैलाई आह्वानसमेत गरेको छ।

विकासराज न्यौपानेबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment