Comments Add Comment

कतारमा नेपाली ‘उत्कृष्ट कामदार’

UAE-awardघनश्याम पराजुली (कृष्ण)

दोहा । कतारको अल एवल टेडि्रङ्ग एण्ड कन्ट्रयाक्टिङ् कम्पनीमा काम गर्ने दुई नेपालीसहित ६ जनाले उत्कृष्ट कामदारको अवार्ड पाएका छन् ।

कम्पनीमा काम गर्ने ६ सय भन्दा बढी कामदारहरु मध्यबाट ६ जना उत्कृष्ट कामदार छनोट भएको हो । इश्वी सम्बतको नयाँ वर्ष २०१५ को अवसरमा अल एवल टेडि्रङ्ग एण्ड कन्ट्रयाक्टिङ् कम्पनीमा कार्यरत कामदारहरुको साझा संस्था एरोसले आफ्नो वाषिर्कउत्सव तथा नयाँ बर्षको कार्यक्रममा उत्कृष्ट कामदारको अवार्ड प्रदान गरेको हो ।

सो कम्पनीमा भारत, नेपाल, श्रीलङ्का, बंगालादेश, ईजिप्ट, इथोपिया र फिलिपिन्सका कामदार कार्यरत छन् । सबै देशका कामदारलाई पछी पार्दै २ जना नेपाली कामदारले २०१४ सालको सर्वोकृष्ट कामदारको अवार्ड हात पारे । उत्कृष्ट कामदारको रुपमा स्याङ्गजाका लोकबहादुर रानाभाट र तनहुँका मिमलाल थापाले अवार्ड पाएका हुन् । उनीहरुलाई रु ८५/८५ हजार नगद पुरस्कार र सर्वोकृष्ट कामदारको मेडल प्रदान गरिएको छ ।

त्यस्तै विभागीय अवार्ड अन्तरगत एकाउन्टमा कार्यरत स्याङ्गजाका नारायण पराजुली, मार्केटिङमा भारतका मिजियास ईके र सुपरभाईजर मोहम्मद कल्लीभीलप्पीलले अवार्ड पाएका छन् । प्रत्येकलाई रु ५५ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो ।

कम्पनीको हरेक काममा सहयोगी भुमिका खेलेको भन्दै ओम प्रसाद सापकोटा, रिफ्की हुसेन र मोहम्मद साहलीले रु २८ हजार बराबरको पुरस्कार पाए । छनोट भएका कामदारहरु मध्यवाट भोटिङ्ग गरी उनीहरुले सर्वोकृष्ट कामदारको छनोट गरिएको थियो । कार्यक्रममा भारतीय दुतावासका कार्यवाहक राजदूत आरके सिंहले विभिन्न समुदायका कामदारलाई एकै ठाउमा देख्न पाएको भन्दै खुसी प्रकट गरे ।

कार्यक्रममा आन्तरिक मन्त्रालयका लेफ्टिनेन्ट रासिद अन्तार अल मारीले कम्पनीका कामदारका लागी आयोजना गरेकोे कार्यक्रमबाट एउटा नौलो अनुभुती मिलेको बताए ।

उनले कतार सरकारले ईद र राष्ट्रिय दिवसको अवसरमा आयोजना गरको कार्यक्रममा कम्पनीका कामदारहरुको सम्वन्यकारी भुमिका रहेको भन्दै कम्पनीका स्पोन्सर साद विन साद आरएच अल सुवेईलाई आन्तरिक मन्त्रालयको तर्फबाट विशेष पुरस्कार प्रदान गरे । कार्यक्रममा आन्तरिक मन्त्रालयका प्रतिनिधि खालिद हुसेन अल समारी र रिच आउट अफिसर फाईसल हुएदीको समेत उपस्थिती रहेको थियो ।

मध्यपुर्वको सानो देश कतारमा नेपाली कामदारको संख्या चार लाख भन्दा बढी रहेको छ । आगामी २०२२ मा विश्व कपको तयारीको संघारमा रहेको कतारले आप्रवासी कामदारलाई रोजगारीको अवसर दिदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment