Comments Add Comment

विद्यार्थीसँग ‘लेबी’ उठाउँदै प्याब्सन

२५ पुस, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले एसएलसी दिने विद्यार्थीबाट लेबी उठाउन सर्कुलर गरेको छ । प्रतिविद्यार्थी ५० रुपैयाँका दरले केन्द्रीय समितिलाई पठाउन सर्कुलर गरिएको छ ।

प्याब्सन जिल्ला समितिलाई पठाएको सर्कुलरमा एसएलसी अभ्यास परीक्षा ०७१ का नाममा पाँच सय ५० रुपैयाँ दस्तुर उठाउन र प्रतिविद्यार्थी ५०का दरले केन्द्रीय खातामा पठाउन निर्देशन दिएको नयाँ पत्रिकामा खबर छ ।

प्याब्सनका महासचिव डिके ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ-‘परीक्षा दस्तुरबाट पतिविद्यार्थी ५० रुपैयाँका दरले हुन आउने एकमुष्ट रकम केन्द्रीय परीक्षा समितिको एभरेस्ट बैंक, लाजिम्पाट शाखामा सञ्चालित खाता नं. ०४८१२० ए मा २० पुसभित्र दाखिला गरी सोको भौचर प्रतिलपि केन्द्रीय समितिमा पठाइसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment