+
+

सुशील कोइरालाले बानकी मुनलाई भने-संविधान ‘फाइनल स्टेजमा छ’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते ६:४६

२५ पुस, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण अन्तिम अवस्थामा पुगेको र सबै काम छलफलका माध्यमबाटै अघि बढेको लिखित जानकारी संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलाई दिएका छन्।

Susil-koiralaकोइरालाले महासचिव बानलाई यस्तो पत्र पठाए पनि नेपालमा भने संविधान निर्माणमा सहभागी हुनुपर्ने मुख्य राजनीतिक दलहरूबीच कटुतापूर्ण सम्बन्ध झनै बढिरहेको छ। बानलाई गत साता पठाइएको पत्रमा दलहरूले संविधान निर्माण प्रक्रियालाई अन्तिम रूप दिइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रसंघको मुख्यालयमा नेपालको संविधान निर्माणको काम तोकिएको समयमा गर्न दलहरूले सकारात्मक वातावरण बनाउन नसकेकोबारे विभिन्न रिपोर्टहरूमा छलफल भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

यिनै छलफलका आधारमा नेपालमा दलहरूबीच तिक्तता बढ्दै गएका बेला राष्ट्रसंघका महासचिव बानले लिखित रूपमै प्रधानमन्त्रीलाई चासो व्यक्त गरेका थिए। न्युयोर्कस्थित नेपाली नियोगमार्फत प्राप्त बानको पत्रको जबाफ दिँदै कोराइलाले सबै पक्षको साथ लिएर काम गरिरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दिनेश भट्टराईले महासचिव बानले नेपालको संविधान निर्माण प्रक्रिया कुन अवस्थामा रहेको भन्ने जिज्ञासा पत्रमार्फत सोधेको बताए। उनले भने, ‘जबाफमा प्रधानमन्त्री कोइरालाले आफूसहित नेपालका दलहरू संविधान निर्माण प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेको र त्यसैका लागि सघन छलफल चलिरहेको जानकारी गराउनुभएको छ।’ उनले सन् २००५ देखि चलिरहेको संविधान निर्माण प्रक्रिया ‘फाइनल स्टेज’ मा रहेको जबाफ पठाइएको बताए।

महासचिव बानले प्रधानमन्त्री कोइरालालाई लेखेको पत्रमा नेपालका दलहरूले संविधान लेखनका लागि गरेका प्रयास बुझ्न आफूले उपमहासचिवलाई नेपाल पठाउन लागेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?