२५ पुस, काठमाडौं । कुनै समय महिन्दा राजापाक्षेको सहयोगी रहेका मैथ्रिपाल सिरिसेना, राजपाक्षेलाई पराजित गरेर श्रीलंकाको राष्ट्रपति बनेका छन् ।
सिरिसेना राजापाक्षे मन्त्रिमण्डलमा स्वाथ्यमन्त्री थिए । श्रीलंकाको सत्तारुढ पार्टीको साथ छोड्नुअघि उनी श्रीलंका फ्रिडम पार्टीका प्रभावशाली नेता मध्ये एक थिए ।
उनी एक किसान परिवारबाट आएका हुन् र सिंहाली समुदायका हुन् । महिन्दा पनि श्रीलंकाको बहुसंख्यक सिंहाली समुदायबाटै आएका हुन् ।
विपक्षी गठवन्धनले राष्ट्रपतिको उम्मेदवारका रुपमा सिरिसेनाको नाम अन्तिम समयसम्म गोप्य राखेको थियो ।
अस्पष्ट सिरिसेना
सिरिसेनाले अल्पसंख्यकको अधिकार र श्रीलंकाको जातीय संघर्षबारे कुनै प्रष्ट धारणा अघि सारेका छैनन् । उनले तामिलविरुद्ध कथित युद्ध अपराधमा संलग्न नेतामाथिको कारबाहीबारे पनि बोलेका छैनन् ।
नोभेम्बरमा आफ्नो उम्मेदवारी घोषणा गरेका उनले श्रीलंका तानाशाही व्यवस्थातिर अघि बढेको तथा भ्रष्टाचार र कानुनी व्यवस्थाको समस्यासँग लडिरहेको बताए । उनले भनेका थिए-‘पूरा अर्थ व्यवस्था र समाजका हरेक हिस्सा एकै परिवारको नियन्त्रणमा छ ।’
निवर्तमान राष्ट्रपति राजापाक्षेका तीन भाइ र उनका छोरा सरकारमा प्रभावकारी स्थानमा थिए ।
सिरिसेना उत्तर मध्य प्रान्तबाट आएका हुन्, जसलाई तमिल टाइगरले उत्तरी क्षेत्र कब्जामा लिएको बेला ‘सिमाई देश’का रुपमा हेरिन्थ्यो ।
१९ वर्षको उमेरमा चरम वामपन्थी दल पीपल्स लिबरेशन फ्रान्ट (जेवीपी)को विद्रोहमा संलग्न भएको आरोपमा उनलाई १५ महिना जेल सजाय भएको थियो ।
स्वच्छ छवि
२०१४ को नोभरम्बमा उनी श्रीलंका फ्रिडम पार्टीको महासचिव र राजापाक्षे सरकारका स्वाथ्यमन्त्री थिए । अक्टोबर २००८ मा तामिल टाइगरले गरेको आत्मघाती आक्रमणमा उनी मुस्किलले बचेका थिए ।
६३ वर्षका सिरिसेना आमजनतामा स्वच्छ छविका मानिन्छन् । उनी मदिरा र धुप्रमान विरोधी छन् ।
उनी सिंहालीका साथै तमिल, मुस्लिम र इलाइ अल्पसंख्यकमा लोकप्रिय छन्, जसले राजापाक्षेको शासनकालमा उपेक्षीत महसुस गरेका थिए ।
तमिल समर्थन
तमिल टाइगर्सविरुद्धको अभियानका अन्तिम दुई साता उनी रक्षामन्त्री थिए । यसको प्रयोग उनले सिंहाली मतदातामाझ आफ्नो प्रभाव वलियो बनाउन प्रयोग गरे ।
यसका बावजुत तमिलमा पनि उनको प्रभाव बलियो रहृयो । तमिलको प्रमुख संगठन तमिल नेशनल एलाइन्सले उसनलाई समर्थन गरेको थियो ।
सिरिसेनाले राजापाक्षे सरकारप्रति २००६ बाट नै आफू असन्तुष्ट रहेको बताएका छन् । तर, प्रश्न उठछ कि किन फेरि सरकारमा निकै लामो समयसम्म बसेको त ?
-बीबीसी हिन्दीको सहयोगमा
प्रतिक्रिया 4