Comments Add Comment

सातामा ३४ अंकले बढ्यो सेयर कारोबार, परिसूचक साढे १३ अंकले बढ्यो

२६ पुस काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७० कम्पनीहरुका ४५ लाख १० ९ सय ३० कित्ता सेयर एक अर्ब ४३ करोड ८२ लाख ३६ हजार रुपैयाँमा किनबेच भयो । यो रकम गत साताको भन्दा ३३.८८ प्रतिशत बढी हो । गत साता १ सय ५४ कम्पनीहरुका २७ लाख ८९ हजार ४ सय कित्ता सेयरहरु १ अर्ब ७ करोड ५० लाख ९१ हजार रुपैयाँमा किनबेच भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३.४७ अंकले बढेर अन्तिम दिन ९३०.९७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.४४ अंकले बढेर १९८.९२ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकमका आधारमा प्रभू बैंक अग्र स्थानमा रहेको छ । प्रभू बैंकको १४ करोड ६ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (६ लाख ४६ हजार कित्ता) को आधारमा एनबी इन्स्योरेन्स -संस्थापक) अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (८५३ वटा) को आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ पाँच कम्पनीहरु

कम्पनीको नाम कारोबार रकम (रु. दशलाखमा)
प्रभु बैंक 140.06
नेपाल लाइफ इन्स्योरेन्स 76.15
नेसनल लाइफ इन्स्योरेन्स 67.57
एभरेस्ट बैंक 65.81
एनबी इन्स्योरेन्स -संस्थापक) 52.73

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment