२७ पुस, कराँची । पाकिस्तानको कराँचीमा बस र ट्यांकर ठोक्किदा ३० जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कराचीबाट शिकारपुर जाँदै गरेको बस र ट्यांकर आपसमा ठोक्किएका हुन् ।
- ट्यांकरसँग ठोक्किएपछि आगो लागेर क्षतिग्रस्त बस । तस्वीर एएफपी
गलत दिशाबाट गैरहेको तेल बोकेको ट्यांकर विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ । ठोक्किएपछि बस र ट्यांकरमा आगो लागेको थियो ।
दुर्घटनामा ५७ जना मारिएको बताइए पनि प्रहरीले त्यसको पुष्टि गर्न नसकेको बताएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार अन्य केही यात्रु घाइते भएका छन् । बसको छतमा बसेकाहरुले भने कुदेर ज्यान बचाउन सफल भएका थिए ।
पाकिस्तानमा हरेक वर्ष सवारी दुर्घटनाका कारण चार हजार ५ सय बढिको मृत्यु हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4