+
+

प्रधानमन्त्री बन्न केपी ओलीको हतारो, प्रचण्डको त्रास

२७ पुस, काठमाडौं । मलाई प्रधानमन्त्री बन्ने हतारो छैन भन्दै शनिबार पार्टी मुख्यालय बल्खुमा माइक्रोफोन समाइरहँदा एमाले अध्यक्ष केपी ओलीको दायाँ हातमा सेतो पट्टी टलक्क देखिन्थ्यो ।

ओलीको हातमा पट्टी लागेको अहिले होइन । गत असारमा महाधिवेशन गर्दा पनि उनको हातमा यस्तै घाउ थियो । उनले शिक्षण अस्पतालमा नियमितरुपमा ड्रेसिङ गर्दै आइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २७ गते १३:४३

Kp-oli-Press-meet

समाचार टिप्पणी

२७ पुस, काठमाडौं । मलाई प्रधानमन्त्री बन्ने हतारो छैन भन्दै शनिबार पार्टी मुख्यालय बल्खुमा माइक्रोफोन समाइरहँदा एमाले अध्यक्ष केपी ओलीको दायाँ हातमा सेतो पट्टी टलक्क देखिन्थ्यो ।

ओलीको हातमा पट्टी लागेको अहिले होइन । गत असारमा महाधिवेशन गर्दा पनि उनको हातमा यस्तै घाउ थियो । उनले शिक्षण अस्पतालमा नियमितरुपमा ड्रेसिङ गर्दै आइरहेका छन् ।

गत साउन १ गते एमाले अध्यक्षका रुपमा सपथ ग्रहण गर्दा ओलीले भनेका थिए- ‘मसँग अरु साथीहरुको जस्तो पर्याप्त समय सुविधा छैन । त्यसैले सबै काम फटाफट हुनेछ ।’ ओलीले किन यसो भने ? यसको तात्पर्य उनको स्वास्थ्य नै हो ।

आफ्नो कमजोर स्वास्थ्यका कारण पर्याप्त समय-सुविधा नभएको बुझेका ओली माघ ८ मा संविधान जारी गरेर प्रधानमन्त्री बन्न चाहन्छन् । तर, परिस्थिति उनले चाहेभन्दा विपरीत दिशातिर जाँदैछ ।

माघ ८ आउन झण्डै दुई सातामात्र बाँकी रहँदा पनि प्रमुख राजनीतिक पक्षहरुबीच सहमति जुट्न सकेको छैन । बरु तिक्तता बढ्दो छ । यसमा ओली स्वयंमले आगोमा घिउ थपेझै कहिले माओवादी त कहिले मधेसवादीलाई चिढ्याउने काम गरेका छन् ।

‘हामी त एकपटक उहाँलाई प्रधानमन्त्री बनाउनै भनेर लागेका छौं । तर, एमालेसँग त बहुमत छैन’ एमालेका एक पदाधिकारीले भने-‘माओवादी र मधेसवादीलाई चिढ्याएर उहाँ आफैले वातावरण बिगार्दै जानुभएको छ ।’

एलिटको नेता बन्ने प्रयास

एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति र गतिविधिलाई विश्लेषण गर्ने हो ओलीले आफूलाई रुलिङ एलिटको नेता म नै हुँ र मधेसी जनजाति र माओवादीलाई तह म नै लगाउन सक्छु भन्ने इमेज प्रस्तुत गरेका छन् । यसले सोसाइटीमा पोलोराइज भइरहेको छ ।
ओलीको समर्थन र कट्टर आलोचक भेटिन्छन्, तटस्थ जनमत शायदै होला ।

अहिले ओली मध्यम वर्गमा ‘सिम्बोल’ बनेका छन्, जुन कांग्रेसका लागि समेत टाउको दुखाइको विषय बन्न थालेको छ । किनकि मधेसी-पहाडी हुनासाथ मधेसबाट कांग्रेस आउट हुन्छ । पहाडको रुलिङ एलिटमा पनि ओलीले कांग्रेसकै आधार तोडिरहेका छन् ।

जसरी भारतमा मोदीका कारण कांग्रेस समाप्त भायो, त्यसरी नै केपी ओलीका कारण कांग्रेस समाप्त हुन्छ भन्ने चिन्ता कांग्रेसमा बढेको छ ।
सोसियल मिडियामा एकताका बाबुराम भट्टराईको पक्षमा जनमत देखिएजस्तै केपी ओलीका प्रशंसकहरु बढ्न थालेका छन् ।

राष्ट्रिय सरकारको मुद्दा

माघ ८ मा संविधान नआए पनि संविधान बनाउने सुनिश्चिता हुने गरी दलहरुबीच सहमति गर्ने प्रयास भइरहेको छ, जुन प्रयास सफल भएमा राष्ट्रिय सहमतिको सरकार गठनको मुद्दाले प्राथमिकता पाउनेछ ।

अघिल्लो संविधानसभामा चार वर्ष र दोस्रो संविधानसभामा एक वर्ष बहुमतीय सरकारले संविधान दिन सकेन । त्यसैले माघ ८ पनि रहेक पार्टीबाट राष्ट्रिय सहमतिको सरकारको आवाज चर्को उठ्न सक्छ । स्वयंम ओलीको पार्टीका नेता माधवकुमार नेपाल पक्षले यसलाई एजेण्डा बनाउने सम्भावना छ ।

यस्तोमा कसले सबैभन्दा बढी दलको समर्थन जुटाउन सक्छ भन्ने हुन्छ । तर, ओलीले अहिलेजस्तै बोली र व्यवहार जारी राख्ने हो भने एमाओवादी र मधेसीलाई अस्वीकार्य हुने सम्भावना बढ्दो छ ।

यस्तोमा सुशील कोइराला नेतृत्वको सरकारकै निरन्तरता वा लिबरल अनुहारको खोजी हुने सम्भावना छ । त्यसमा पटक-पटक गठवन्धन सरकार चलाएका शेरबहादुर देउवाले पनि दाउ छोप्न सक्छन् ।

नेपालको आन्तरिक राजनीतिमा हुने उथल-पुथलमा महत्वूर्ण भूमिका खेल्ने भारतको सबैभन्दा नजिक भनेर आजको दिनमा केपी केपीलाई चिनिन्छ । तर, यस्तै अवस्था रहृयो भने भारतको समर्थन ओलीलाई नरहन सक्ने स्रोतको दाबी छ ।

शान्ति प्रक्रियाको एउटा पक्ष माओवादी र मधेसवादी दलहरुलाई पेलेर जाँदा हुन सक्ने सम्भावित द्वन्द्वको दोष भारतले पनि लिन चाहेको छैन ।

प्रचण्डको ‘फियर फ्याक्टर’

तेस्रो पार्टी भएपछि कांग्रेसविहीनको बहुमतीय सरकार वा राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री बन्न ओलीलाई एमाओवादीको साथ चाहिन्छ ।

तर, प्रचण्डको फियर फ्याक्टर अर्थात त्रास पक्ष बढी छ । प्रचण्ड बाबुरामदेखि धेरै माओवादी नेताहरुले अहिले पनि द्वन्द्वकालीन मुद्दाबाट माफी पाइसकेका छैनन् ।

Prachanda

सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया पनि अडि्कएको छ । बेला-बेला ओली र उनी निकटवर्तीहरुले नै माओवादी नेताहरुलाई हेगमा लैजानुपर्छ भन्नेहरु अभिव्यक्ति दिँदै आएका छन् ।

अर्को एमालेको संगठन युथ फोर्सले नै अख्तियारमा लडाकूको भ्रष्टाचारको उजुरी दिएको छ । जुन अझै खारेज भएको छैन, रोकिएको मात्र हो । यस्तोमा माओवादीलाई डर के हो भने केपी ओली जस्ता प्रधानमन्त्री भए भने त्यसमा लगेर माओवादीलाई समाप्त पार्न खोज्छ ।

माओवादीलाई केपी शान्ति प्रक्रियामा काम नै नगरेका व्यक्तिले यहाँ समस्या सिर्जना गरेका छन् र उनी एन्टी माओवादी फेस हुन भन्ने लागेको छ । यदाकदा ओलीको रुखो बोलीले त्यसलाई नै बल पुर्‍याएको छ ।

अर्कोतिर केपी ओली र मधेसवादी दलका नेताहरुबीचको वाययुद्व चलिरहेको छ । राजेन्द्र महतोले त ओलीलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा समर्थन नगर्ने घोषणा गरिसकेका छन् । ओलीको व्यवहार र अभिव्यक्तिले मधेसी मोर्चाका नेताहरुलाई लागेको छ कि केपी ओली एन्टी मधेसी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?