Comments Add Comment

पहिचानविनाको संविधान आए विद्रोह : पद्मरत्न

२७ पुस, काठमाडौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधरले पहिचानविहीन संविधान ल्याउनु भनेको विद्रोह गर्न जनतालाई चुनौती दिनु हुने बताएका छन् ।

Padmaratna tuladharआन्दोलनकारी पक्षहरुसँग आइतबार भएको छलफलमा तुलाधरले एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई आत्मसर्पण नगर्न चेतावनी दिएका छन् ।

कांग्रेस र एमालेले पृथ्वीनारायण शाहको जस्तो व्यवहार गरेको भन्दै तुलाधरले भने-‘उनीहरुले दान दिने, हामीले भिक्षा लिने जस्तो व्यवहार गरेका छन् ।’

पहिचानको मुद्दामा राष्ट्रिय नेता प्रचण्डमात्रै बाँकी रहेको तुलाधरले बताए । ‘हामीले मुद्दा छाडेर आत्मसमर्पण गर्न पाउनुहुन्न यो हाम्रो आदेश हो भनेका छौं’ तुलाधरले भने-‘मधेसी नेताहरुले पनि मधेसको एजेण्डा छाड्न पाउनुहुन्न ।’

मधेस आन्दोलनको माग ‘एक मधेस प्रदेश’ भएको भन्दै आन्दोलन समितिका संयोजक तुलाधरले त्यसविरुद्ध सहमति गर्नु जनतालाई अर्को विद्रोह गर्न चुनौती दिनु भएको बताए ।

०४७ को संविधानमा राजतन्त्रलाई निर्विकल्प भनेर जनतालाई विद्रोहको चुनौती दिएको र माओवादीले विद्रोह गरेको भन्दै तुलाधरले भने-‘अहिले पनि पहिचानबेगर संविधान ल्याउनु भनेको आन्दोलन गर्न चुनौती दिएको हुनेछ ।’

त्यस्तो आन्दोलनको नेतत्व प्रचण्ड र मधेसीसहितका नेताहरुले गर्नुपर्ने उनको भनाइ थियो ।

आफूहरुले जातीय राज्य नमागेको तर, शासकहरुले जातीय राज्य दिँदैनौं भनेर भ्रम छरेको बताए । आन्दोलन समितिका संयोजक तुलाधरले भने-‘नभनेको कुरालाई भनेको छ भनेर भन्छ, पागल हो कि के हो ?’

केहीले पाँच विकास क्षेत्र, केहीले उत्तर-दक्षिण प्रदेश बनाउने प्रस्ताव ल्याएको भन्दै उनले भने-‘संघीयता आदिवासी जनजाति, मधेसीलाई चाहिएको हो । सगरामाथा, बागमतीले मागेको हो ?’ जनताले अधिकार माग्दा देश टुक्रिन्छ भनेर प्रचार गर्नेहरुले विखण्डनलाई प्रश्रय दिएको उनको आरोप थियो ।

कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले अहिलेसम्म पहिचानसम्म नपाएको बताए । नेपाली नागरिकता भए पनि यहाँ -नेपाल) निवासी नमानिएको भन्दै उनले गुनासो गरे -‘हाम्रो सबै समस्यालाई भारतसँग जोडेर हेरिन्छ, कहिल्यै नेपाली भनिएन, अस्मितामाथि नै प्रश्न गरिन्छ ।’

मधेसीले अधिकार पायो भने अलग हुन्छन् भनेर शासक वर्गले अलग्याउन खोजेको ठाकुरले बताए ।

नेकपा-माओवादीका सचिव देव गुरुङले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment