+
+

नेपाल बन्दमा वैद्य र प्रचण्डको अपवित्र गठबन्धन

१ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको माओवादीले आगामी माघ ६ गते दुबै पक्ष मिलेर नेपाल बन्द गर्ने घोषणा गरेका छन् । तर, त्यो नेपाल बन्द केका लागि ? त्यसको नारा सुन्दा तपाईलाई हाँसो लाग्न सक्छ ।

प्रचण्ड नेतृत्वको एमाओवादी सहमतिका आधारमा संविधान बन्नुपर्छ भन्ने पक्षमा छ । र, यही मागका लागि उसले नेपाल बन्दको घोषणा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते १९:५४

Prachanda-Baidhya

समाचार टिप्पणी

१ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको माओवादीले आगामी माघ ६ गते दुबै पक्ष मिलेर नेपाल बन्द गर्ने घोषणा गरेका छन् । तर, त्यो नेपाल बन्द केका लागि ? त्यसको नारा सुन्दा तपाईलाई हाँसो लाग्न सक्छ ।

प्रचण्ड नेतृत्वको एमाओवादी सहमतिका आधारमा संविधान बन्नुपर्छ भन्ने पक्षमा छ । र, यही मागका लागि उसले नेपाल बन्दको घोषणा गरेको हो ।

तर, संविधानसभाको चुनाव बहिस्कार गरेको वैद्य माओवादीले भने संविधानसभा नै विघटन हुनुपर्ने माग गर्दै आएको छ । हास्यास्पद त के छ भने सहमतिमा संविधान बन्नुपर्ने पक्ष र संविधानभा नै विघटन हुनुपर्ने पक्षवीच माघ ६ गते नेपाल बन्द गर्ने विषयमा असैद्धान्तिक गठबन्धन देखा परेको छ ।

वैद्य माओवादीले संविधानसभा विघटनको माग गर्दै माघ ३ गते गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । त्यस्तै सहमतिमा संविधान बन्नुपर्ने माग गर्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले माघ ५ गते गर्ने भनेको नेपाल बन्द पनि फिर्ता भएको छ ।

तर, संविधानसभा नचाहने र चाहने दुबैले मिलेर माघ ६ गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

 नेपाल बन्दको नारा हास्यास्पद 

विहीबार त्रिपुरेश्वरस्थित एक बैंक्वेटमा बसेको आन्दोलनकारी दलहरुको बैठकमा ६ गतेको नेपालबन्दको नारा ‘अग्रगमन र परिवर्तनका लागि’ भन्ने तय भएको छ ।

बैठकपछि  नेपाल बन्दको नारासहित जारी विज्ञप्ति
बैठकपछि नेपाल बन्दको नारासहित जारी विज्ञप्ति

संविधानसभा मान्ने र नमान्नेले मिलेर गर्न लागेको नेपालबन्दको ठोस नारा तय हुन नसकेकाले यस्तो नारा तय गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

छलफलपछि माओवादी प्रवक्ता पम्फा भुसालद्वारा जारी प्रेस वक्तव्यमा राष्ट्रिय स्वाधीनता र परिवर्तनकारी जनताको एकतालाई साझा नारा तय गरिएको बताइएको छ ।

औचित्यहीन नेपाल बन्द

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा माघ ८ मा प्रक्रियामा गएर संविधान जारी हुन नदिने पक्षमा छ । र, यसैका लागि मोर्चाले नेपाल बन्दको घोषणा गरेको हो । तर, सहमति नभएको अवस्थामा माघ ८ मा संविधान जारी गर्न नभ्याइने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताइसकेका छन् । यो अवस्थामा संविधान जारी गर्न नदिनकै लागि नेपाल बन्द गरिरहनु पर्ने स्थिति छैन ।

उता वैद्य माओवादीको हालै पुरानो बानेश्वरमा आयोजित राष्ट्रिय भेलामा अध्यक्ष मोहन वैद्यले माघ ८ मा संविधान जारी गर्न नदिने बताएका थिए । तर, संविधान जारी हुने अवस्थामा मात्रै आन्दोलन र बन्द हडतालमा जाने वैद्यले बताएका थिए ।

तर, माघ ३ मा संविधान नआउने सुनिश्चित भइसक्दा पनि दुई ध्रुबका माओवादीले मिलेर बन्दको घोषणा गरेर जनतामा बदनामी कमाउने बाटो समातेका छन् ।

आफ्नो निश्चित माग राखेर बन्द र हडतालको आयोजना गरिनु स्वाभाविकै भए पनि प्रचण्ड मोर्चा र वैद्य माओवादीले ‘अग्रगमनका लागि नेपाल बन्द’ भन्दै हास्यास्पद निर्णय गरेका छन् । यो बन्दको कुनै निश्चित माग छैन, जनतालाई सास्ती दिने र आफैलाई जनताबाट नङ्याउने बाहेक ।

सहमति नभएको अवस्थामा माघ ८ मा संविधान जारी हुने सम्भावना टरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?