Comments Add Comment

महानगरका ८० प्रतिशत घर मापदण्डविपरित

२ माघ, काठमाडौ । घर बनाउनु आमनागरिकको ठूलै सपना हो । सामान्य मानिसले सक्रिय जीवनमा एउटा घर ठड्याउन निकै पसिना बगाउनुपर्छ । तर, यतिबेला राज्यको आँखा छल्ने नाममा धमाधम कमजोर घर बनिरहेका छन्, राजधानी दैनिकमा खबर छ ।

Dharahara-at-Kathmanduकंक्रिटको सहर काठमाडौमा हरेक वर्ष तीनदेखि पाँच हजारसम्म नयाँ घर थपिन्छन् । काठमाडौ महानगरपालिकादेखि ललितपुर उपमहानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिकाले एकथरी नक्सा पास गर्छन, सर्वसाधारणले अर्कै नक्सा बमोजिम घर बनाउँछन् । यसैले राजधानी काठमाडौ र उपत्यकाकाका प्रहरी क्षेत्र कुरुप बन्दै गएको छ ।

राजधानी र उपत्यकामा कति घर छन्, यकिन तथ्याङ्क छैन । तैपपनि एक लाख घर रहेको काठमाडौ महानगरपालिकाको अनुमान छ । एक लाखमध्ये ८० प्रतिशत घर मापदण्डविपरित छन् । झण्डै ८० हजार घर मापदण्डविपरित बनेको महानगरपालिकाको भनाइ छ । राजधानीको असन, न्युरोड क्षेत्रमा त ९० प्रतिशतभन्दा बढी घर मापदण्डविपरित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment