+
+

शनिबार पनि संविधानसभा बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २ गते १३:१८

२ माघ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शनिबार पनि संविधानसभाको बैठक आह्वान गरेका छन् । एमाओवादीसहित विपक्षी मोर्चाले शनिबार बैठक नराख्न दबाव दिएका छन् ।

Char dal meetingमाघ ८ नजिक आइसकेकाले जनतालाई सभासदहरु शनिवार पनि संविधान निर्माणकै काममा छन् भनेर आश्वस्त पार्नका लागि बैठक बोलाइएको सभाध्यक्ष नेम्वाङले बताए ।

यसअघि कांग्रेस एमालेले शनिबार पनि बैठक राखेर संवाद समितिको प्रतिवेदनमाथि छलफल सिध्याउन नेम्वाङलाई दबाव दिएका थिए भने एमाओवादीसहितका विपक्षी दलले शनिबार बैठक नराख्न दबाब दिएका थिए ।

मधेसी मोर्चाका नेता ओलीसँगै बसे

यसैवीच एमाले अध्यक्ष केपी शर्मा ओलीले माफी नमागेसम्म एमालेसँगको बैठकमा सहभागी नहुने भीष्म प्रतिज्ञाबाट मधेसवादी दलका नेताहरुपछि हटेका छन् ।

ओलीले बाचुञ्जेल माफी नमाग्ने बरु मधेस जाने प्रतिक्रिया दिएपछि लामो समयदेखि दलहरुबीच सम्वाद हुन नसकेका बेला शुक्रवार संविधानसभा अध्यक्षको पहलमा चार दलका शीर्षनेता सँगै बसेका हुन् ।

संविधानसभा भवनको शंकर हलमा बसेको चारपक्षीय शीर्ष बैठकमा एमाले अध्यक्ष ओली र फोरम अध्यक्ष उपेन्द्र यादव नजिक-नजिक बसेका थिए । त्यो बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सहभागी थिए ।

शीर्ष नेताहरुबीच संवादहीनताको अवस्था भंग भएर सकारात्मक वार्ता शुरु भएको अध्यक्ष नेम्वाङले बताए । दलहरुबीच असहमतिका धेरै विषय नभए पनि अविश्व्ाासका कारण विवाद चुलिएको उनले बताए ।

शीर्षनेताहरुले शनिबार बिहान ८ बजे पुनः संविधानसभा अध्यक्षकै उपस्थितिमा बानेश्वरमै वार्ता गर्ने सहमति जनाएका छन् । निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भइसकेको अवस्थामा शासकीय स्वरुप र संघीयतामा पनि ठूलो विवाद नभएको उनले बताए ।

नेम्वाङले दलका नेताहरुलाई माघ ८ अघि कुनै न कुनै सहमति वा प्रक्रिया शुरु गर्ने गरी सहमति जुटाएर जनतालाई सकारात्मक सन्देश दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?