+
+

ल्याटिन अमेरिकामा नेपाली अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते ६:४७

४ माघ, काठमाडौं । ल्याटिन अमेरिकी मुलुकमा पक्राउ परेका नेपालीको ठेगाना नखुल्दा परराष्ट्र मन्त्रालयलाई उद्धार प्रक्रिया थाल्न अप्ठेरो परेको हुने गरेको छ। ल्याटिन अमेरिकी मुलुकले त्यहाँ नेपाली पक्राउ परेको जानकारी दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई पत्र पठाए पनि ठेगाना खुलाउने गरेका छैनन्। ठेगाना नहुँदा उनीहरूको परिवारलाई जानकारी दिन र उद्धार गरी नेपाल फर्काउन समस्या भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘नेपाली पक्राउ परे उद्धार गर भनी नाम मात्र उल्लेख गरिएको पत्र आउँछ, अरू विवरण नखुल्दा हामीले केही गर्न सकेका छैनौं,’ परराष्ट्र मन्त्रालय कन्सुलर विभागका कार्यवाहक प्रमुख दीपक अधिकारीले नागरिकसँग भने, ‘उनीहरूको ठेगाना र परिवार पत्ता लागे मात्र उद्दार गर्न सकिन्छ। नाम मात्र आएपछि परिवार खोज्न कहाँ जाने ? फोटो, राहदानी, नागरिकता लिएर परिवारका सदस्य आए उद्धारको पहल गर्न सहज हुन्थ्यो।’
पछिल्लो पटक ल्याटिन अमेरिकी राष्ट्र पानामाले पाँच नेपाली पक्राउ परेको जनाउँ दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई अनुरोध गरेको छ। पानामामा पक्राउ परेका नेपालीको सूचीमा सुशील थापा, मणि बोहरा, देव खत्री, होमबहादुर केसी र अमन थापा छन्। उनीहरूको नामबाहेक परिचय खुल्ने अरू कुनै शब्द पत्रमा समावेस छैन। अन्य ल्याटिन अमेरिकी राष्ट्रले पठाउने पक्राउ परेकाको सूची पनि यस्तै हुने गरेको नागरिक दैनिकमा खबर छ।
ल्याटिन अमेरिकी राष्ट्रले भारतको दिल्लीमा रहेका आफ्ना दूतावासमार्फत त्यहीँ रहेको नेपाली दूतावासलाई पत्र पठाई पक्राउ परेका नेपालीबारे जानकारी गराउँछन्। मानव तस्करको प्रलोभनमा परी अमेरिका जाने क्रममा ल्याटिन अमेरिकी राष्ट्रमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेपछि ती देशले यस्तो जानकारी नेपाललाई गराउन थालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?