+
+

अनुमति विना एआईबाट ज्याकी श्राफको आवाज र फोटो दुरुपयोग नगर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १२:४७

काठमाडौं । बलिउड अभिनेता ज्याकी श्राफको मुद्दामा दिल्ली उच्च अदालतले फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति, कम्पनी वा सामाजिक सञ्जालले अभिनेताको नाम, तस्वीर र आवाजलाई उनको अनुमति विना प्रयोग गर्न नपाउने बताएको छ ।

अदालतले कलाकारको पहिचानलाई व्यावसायिक फाइदाका लागि दुरुपयोग गर्न नपाइने भनेको छ ।

सामाजिक सञ्जालका ह्यान्डलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को मद्दतमा आफ्नो पहिचान प्रयोग गरेर पैसा कमाएको र त्यसलाई रोक्न माग गर्दै ज्याकीले अदालतमा रिट दायर गरेका थिए ।

आफूसँग जोडिएका नामहरु ज्याकी, भिदु, जग्गु दादा जस्ता नाम सार्वजनिक मञ्चमा दुरुपयोग भइरहेको उनको भनाइ छ । दिल्ली उच्च अदालतले १५ मेमा सुनाएको फैसलामा अनुमति विना श्राफको पहिचान प्रयोग गरिरहेका व्यक्ति र कम्पनीको नोटिस जारी गरेको थियो ।

अदालतले सेलिब्रेटी हैसियतमा श्राफसँग आफ्नो छवि जोगाउने अधिकार रहेको स्वीकार गरेको छ । यदि कसैले आफ्नो नाम र पहिचानको सहयोगमा पैसा कमाउँदैछ भने कलाकारलाई कारबाही गर्ने अधिकार रहेको समेत अदालतले भनेको छ ।

ज्याकीले आफ्नो निवेदनमा तस्वीर प्रयोग गरेर आपत्तिजनक मिम्स बनाइएको र आफ्नो आवाजको दुरुपयोग भएको समेत बताएका छन् । आफ्ना तस्वीर प्रयोग गरेर अश्लील सामग्री सिर्जना भइरहेको पनि उनले बताएका छन् ।

गत वर्ष दिल्ली उच्च अदालतले अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमति विना प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?