Comments Add Comment

संविधान जारी गर्नुपर्ने माग गर्दै शान्ति पदयात्रा

;+o'Qm v; IfqL PsLs/0f ;dGjo ;ldltn] lgwf{l/t ;dodf ;+ljwfg hf/L ug{'kg]{ dfu ub}{ cfh zflGt kbofqf u/]sf] 5 . sf7df8f}Fsf] eb|sfnLaf6 lgsflnPsf] ;f] ofqfdf ;xefuLx? . tl:a/Ms[i0f/fh uf}td÷/f;;५ माघ, काठमाडौ । संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले निर्धारित समयमा संविधान जारी गर्नुपर्ने माग गर्दै सोमबार राजधानीमा शान्ति पदयात्रा गरेको छ ।

काठमाडौँको भद्रकालीबाट निकालिएको सो यात्रा सहिदढोका, नयाँसडक, रत्नपार्क, जमल, घण्टाघर हुँदै कमलादीमा पुगेर समापन गरिएको थियो ।

क्षत्री, ठकुरी बाहुन, दशनामी, पहाडी, दलितलगायत समुदायलाई आदिवासीमा सूचीकृत गरी नयाँ संविधानमा संरक्षण गर्नुपर्ने, जातीय आधारमा लागू गरिएका आरक्षण खारेज गरी सबै समुदायका गरिब वर्गको आरक्षण गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्नेलगायत माग सहभागीले गरेका थिए ।

सो समितिका संयोजक मानबहादुर थापाले यात्राको शुभारम्भ गर्दै लामो समयसम्म जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न संविधानको खाँचो रहेको र तोकिएको समयमा संविधान जारी गर्न सबै दललाई दबाब दिने उद्देश्यले पदयात्रा गरिएको बताए । सो यात्रामा करिब पाँच सय जना सहभागी थिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment