Comments Add Comment

छ महिनामा सांग्रिला बैंकले १२ करोड कमायो

Sangrila development५ माघ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

यस अवधिमा ६ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । पुस मसान्तको निक्षेप संकलन गत असार मसान्तकोभन्दा ७.६० प्रतिशतले बढी हो भने कर्जा प्रवाह १४.७४ प्रतिशतले बढी हो ।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय हरेको बैंकका २५ शाखा कार्यालय सञ्चालनमा छन । निकट भविष्यमै ललितपुरको इमाडोल, चितवनको टांडी, सुनसरीको ईटहरी, बर्दियाको गुलरिया तथा जुम्लामा शाखा खोल्ने तयारी भइरहेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

गत असोज १० गते बसेको बैंकको विषेश साधारणसभाले सेयरधनीलाई ४ बराबर १ का दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, गत वर्षको नापfmबाट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी २५ प्रतिशत लाभांस दिने निर्णय गरिसकेको छ । हाल बैंकको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment