Comments Add Comment

सरकारले एकै महिनामा बाँड्यो १२ करोड सहायता

११ चैत, काठमाडौं । सरकारले फागुन महिनामा मात्रै सरकारले फागुनमा झण्डै १८ अर्ब रुपैयाँ निकासा तथा रकमान्तर गरेको छ । फागुनमा स्थानीय तह र प्रदेशलाई समपुरक र विशेष अनुदान बापत मात्रै १५ अर्ब रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

हुलाकी राजमार्गमा लागि लागि २ अर्ब १५ करोड रुपैयाँ रकमान्तर भएको छ । विशेष आर्थिक क्षेत्र सेजको लागि ४० करोड र बुटवल-बेलहिया सडकको लागि २० करोड रुपैयाँ रकमान्तर गरेर उपलब्ध गराइएको छ । यस्तै व्यापारिक मार्ग परियोजना र शहीदमार्गका लागि २०/२० करोड थप निकासा भएको छ ।

महान्याधिवक्ताको कार्यालयलाई जमिन उपलब्ध गराएबापत आपूर्ति मन्त्रालयलाई १० करोड रुपैयाँ दिइएको छ । यो जमिन खाद्य संस्थानको थियो ।

परराष्ट्र मन्त्रालयमा गाडी किन्न १ करोड ४६ लाख थप बजेट दिइएको छ । न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न २ करोड ५५ लाख रुपैयाँ दिइएको छ ।

फागुन महिनामा मात्रै सरकारले विभिन्न नेता तथा पार्टीका कार्यकर्ताको उपचारका लागि १२ करोड रुपैयाँ भन्दा धेरै रकम विरण गरेको छ । आर्थिक सहयोगमा नाममा सरकारले ठूलो रकम उपलब्ध गराउने क्रम पछिल्लो महिनामा बढ्दै गएको देखिन्छ ।

सरकारले फागुनमा २ करोड रुपैयाँ बराबर वैदेशिक भ्रमणमा खर्चेको छ । प्रधानमन्त्री स्वीट्जरल्याण्डको डावोसमा जाँदा खर्च भएको छ । यसका लागि मात्रै १ करोड ८१ लाख ३५ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’को इटली भ्रमणको ९ लाख १९ हजार, उद्योगमन्त्री मातृका यादवको भारत भ्रमणको २ लाख ६६ हजार, स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भारत भ्रमणको लाख ६१ हजार रुपैयाँ निकासा पनि फागुनमै गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment