+
+
Shares

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसदको अपमान हो : शिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा छेडखानीप्रति गम्भीर आपत्ति जनाए।
  • उनले विधेयकमा गरिएको छेडखानीलाई 'संसदको अपमान' भने र छानबिनको माग गरे।
  • शिवाकोटीले विधेयकको मर्म विपरीत छलछाम गरी संसदलाई गुमराह गरिएको आरोप लगाए।

१७ असार, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्थासहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई ‘संसदको अपमान’ भनेका छन्।

मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप लगाए। ‘लोकतान्त्रिक विधि र संसदप्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,’ उनले लेखेका छन्।

शिवाकोटीले विधेयकको मर्म विपरीत छलछाम गरी संसदलाई गुमराहमा राखिएको भन्दै यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गरेका छन्। ‘संसदलाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन,’ भन्दै उनले तत्काल संसदीय छानबिनको माग गरेका छन्।

उनले संसदमा पारित विधेयकमा कसको निर्देशनमा, कुन प्रक्रियाबाट र किन छेडखानी भयो भन्नेबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन्। ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसदको निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ,’ शिवाकोटीले भनेका छन्।

निजामती सेवा ऐनमा रहेको कुलिङ पिरियड हटाइएकोप्रति व्यापक विरोध भइरहेका बेला कांग्रेस नेताको यो धारणा सार्वजनिक रूपमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?