Comments Add Comment

शीर्ष नेताहरु सहमति जुटाउन असफल

top-leader-650

  • फाइल फोटो

५ माघ, काठमाडौं । आइतबार सहमतिको नजिक पुगेर छुटेका प्रमुख दलका शीर्ष नेताहरु अन्ततः सोमबार दिनभरिको वार्तापछि बिना सहमति छुट्टएिका छन् ।

संघीयतामा कुरा नमिलेपछि चार दलका शीर्ष नेताहरुको बैठक असहमतिका बीच टुंगिएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले साँझ कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठकबाट निस्किएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सहमति नभएकाले अब द्वन्द्धको शुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले सहमतिका लागि दुर्इ दिन समय मागेको तर, सत्तारूढ दलहरूले अस्वीकार गरेकाे जानकारी दिए ।

एमाओवादी नेतृत्वको मोर्चाले कुनै पनि विकल्पमा जान नमानेपछि अब सहमतिको प्रयास असफल भएको एमाले बरिष्ठ नेता झलनाथ खनालले सभासदहरुलाई जानकारी गराएका छन् । संविधानसभा अध्यक्षले दलहरुबीच सहमति नभएपछि अब संविधान, संविधानसभा नियमावली र स्थापित मान्यता अनुरुप आफू अघि बढ्ने जानकारी गराएका छन् ।

नेम्वाङले दलका नेताहरुलाई ‘तपाईहरु असफल हुनुभयो, अब म नियम, संविधान र स्थापित अभ्यासअनुरुप प्रक्रिया अघि बढाउँछु’ भनेको स्रोतले जनाएको छ ।

नेम्वाङले यसअघि नै आफूलाई घेराउ गर्न आएका सभासदहरुलाई सहमति नभएमा राति नै संविधानसभा बैठक राखेर प्रश्नावली विशेष समितिका लागि प्रस्ताव गर्ने बताइसकेका थिए ।

अपरान्ह १ बजेका लागि बोलाइएको संविधानसभा बैठक राति ८ बजेसम्म पनि नबसेपछि सभासदहरु आक्रोशित बनेका छन् ।

माघको जाडोमा संविधानसभा भवन परिसरमा बैठक पर्खेर बसेका सभासदहरुले शीर्ष नेताहरुको बैठक चलिरहेको शंकर हलमा प्रवेश गरेर सहमतिका नाममा तमासा मात्र नदेखाउन आग्रह गरेका थिए ।

कांग्रेस एमालेलगायतका दलमा आवद्ध ५० जनाभन्दा बढी सभासदहरुले शीर्ष बैठकस्थलमै होहल्ला गरेपछि उनीहरुलाई थामथुम पार्ने प्रयास एमाले अध्यक्ष केपी ओली आफैंले गरेका थिए ।

कांग्रेसका चन्द्र भण्डारी, एमालेका प्रकाश ज्वाला, यज्ञराज सुनुवार, रेवती भण्डारी लगायतका सभासदहरुको हुल शीर्ष बैठक कक्षमा पुगेका थियो ।

यो पनि पढ्नुस् 

यसरी बन्दैछ संघीय प्रदेशमा सहमति (नक्शासहित)

एकै रातमा शीर्ष नेतालाई कसले मिलायो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment