Comments Add Comment

पारस खड्काले लण्डनको क्लबबाट टी-२० क्रिकेट खेल्ने

Paras-khadka

५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले लण्डनको ‘मेरिलबोन क्रिकेट क्लब‘ (एमसीसी) बाट क्रिकेट खेल्ने भएको छन् ।

उनले आगामी मार्च २० तारिखबाट दुबईमा सुरु हुने ‘इमिरेट्स टी-२० क्रिकेट प्रतियोगिता‘मा क्लबका तर्फबाट खेल्ने छन् ।

क्लवले नेपालका कप्तान पारसलाई आफ्नो खेलाडीका रुपमा छनौट गरेको सोमबार सार्वजनिक गरेको छ ।

‘पारसलाई हाम्रो टीम सदस्यका रुपमा पाउँदा एकदमै खुसी लागेको छ’ एमएमसी हेड अफ क्रिकेट जोन स्टफेनसनले भने ।

२७ वर्षका पारस अहिले नामिबियामा जारी डिभिजन टूमा नेपालीको टीमको नेतृत्व गरिरहेका छन् ।

पारसले एमसीसीबाट इमिरेट्स टी-२० खेल्न पाउनु आफ्नो लागि अबसर भएको बताएका छन् । उनले भने-‘एमएमसी जस्तो अन्तर्राष्ट्रिय प्लेटर्फममा प्रदर्शन गर्न पाउनु मलाई मात्र नभइ नेपाली क्रिकेटका लागि पनि राम्रो अबसर हो ।’

खेलका आफू तयार रहेको भन्दै उनले अघि भने-‘यसले नेपालमा क्रिकेटको प्रर्वद्धनमा ठुलो सघाउ पुर्‍याउने विश्वास छ ।’

खेलमा क्लबको प्रतिनिधित्व गर्ने अन्य खेलाडीको नाम छिटै सार्वजनिक गर्ने क्लवले जनाएको छ । सन् १७८७ मा स्थापना भएको यो क्रिकेट क्लव बिश्वकै ठूलो क्रिकेट ब्राण्डमध्ये पर्दछ ।

एमसीसीले आगामी नोभेम्बरमा नेपालमा टुरिङ टीम समेत पठाउने भएको छ । उक्त टीमले नेपाल र स्थानीय टीमसँग खेल्ने कार्यक्रम रहेको एमएमसीले जनाएको छ ।

स्टफेनसनले भने-‘एमएमसीले त्यस्तो देशको क्रिकेटको विकासलाई नियालिरहेको छ, जुन देशमा क्रिकेट लोकपि्रय हुँदैछ र अहिले नेपाल यो श्रेणीमा पर्छ ।’

क्लबको वेबसाइटसँगको कुराकानीमा उनले पछिल्लो समय नेपालबाट उत्कृष्ट क्रिकेटहरु उत्पादन हुन थालेको समेत बताएका छन् ।

एमएमसीले हालै मात्र नेपाली यू-१९ टीम कप्तान राजु रिजाल र दीपेन्द्रसिंह ऐरीलाई प्रशिक्षणमा बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment