Comments Add Comment

‘नेता बिग्रे पैसाले, म बिग्रिएँ बैंसले !’ (भिडियोसहित)

Radhika-Hamal

७ माघ, काठमाडौं । राजधानीका सडकमा संविधान माग्दै आन्दोलन र नाराबाजी गर्नेहरुको भीडमा बुधबार लोकगायिका राधिका हमाल पनि देखिइन् । र, उनले गाइन्- ‘म बिग्रिएँ बैंसले, नेता बिग्रे पैसाले ।’

संविधानमा आफ्ना मुद्दालाई पनि समावेश गरियोस् भन्दै संविधानसभा भवनको छेउछाउमा नारा, जुलुस बढ्न थालेका छन् । यही क्रममा लोकदोहोरी कलाकार पनि सडकमा उत्रिएका हुन् ।

‘राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल’को संयोजनमा बुधबार काठमाण्डौको बिजुलीबजारमा कलाकारले आफ्ना माग गीतमार्फत राखे ।

लोकगायिका राधिका हमालले ‘म बिग्रिएँ बैंसले, नेता बिग्रे पैसाले’ बोलको गीत गाएर सबैलाई नचाइन् । हमालले मीठो स्वरमा भनिन्-

‘बैठक बस्न आउने,
भत्तामात्र पचाउने,
खै कसरी जनताले चित्त बुझाउने ?

कार्यक्रममा लोकगायक पशुपति शर्माले नेताले संविधान दिन नसकेको भन्दै आफ्नो चर्चित गीत ‘मलाई अमेरिका यहीँ’ गाए ।

कलाकारहरुले संविधानमा कलाकारका मुद्दालाई पनि समावेश गरियोस् भन्दै प्लेकार्ड बोकेका थिए ।

उनीहरुले ‘कलाकार राष्ट्रका गहना होइनन्, सम्पत्ति हुन्’ भन्दै संविधान जारी गरेर देशलाई अगाडि बढाउन माग गरे ।

दबाबमुलक कार्यक्रममा नेपाली लोक क्षेत्रका गायक-गायिका, मोडल, निर्देशकहरुको उपस्थिति थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक  दलका नेताले माघ ८ गते संविधान जारी गर्छौं भनेर गरेको प्रतिवद्धता भोलिबाट सकिँदैछ । अब माघ ८ मा संविधान आउने सम्भावना पनि सकिएको छ ।

Kalakar-at-Babarmahal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment