+
+

प्रतिगामी संविधान बन्न दिएनौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ९ गते ०:१०

Prachanda-Speaks-to-Media-after-PDCC-Meeting

८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी संविधान रोक्न आफूहरु सफल भएको बताएका छन् ।

माघ ८ गते रातिको संविधानसभाको बैठक पनि अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने-‘सत्तामा रहेका पार्टीहरुले प्रतिगामी प्रकृतिको संविधान दिन दुस्साहस गरेका थिए, त्यसलाई हामीले सफल हुन दिएनौं ।’

यथास्थितिवादी, प्रतिक्रियावादी संविधान बन्न नदिएकोमा आफूलाई गर्व लागेको प्रचण्डले बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले विहीबार पनि हुनै लागेको सहमति कांग्रेस र एमालेले तोडेको आरोप लगाए । उनले भने-‘भएका सहमतिलाई सहमति भयो भनौं, संघीयतामा सहमति कायम गर्ने प्रयत्न जारी राखेर २ वा ३ हप्तामा सहमति गर्छौं भनौं भनेर प्रयत्न गरौं तर, कांग्रेस र एमालेमा बहुमतको दम्भ देखियो, उहाँहरु तयार हुनुभएन ।’

यद्यपि प्रचण्डले सहमति र सम्वादबाट निकास खोज्ने प्रयत्न जारी राख्ने बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले माघ ८ मा संविधान दिने आफूहरुको पनि प्रतिवद्धता भएको भन्दै त्यो पूरा गर्न नसकेकामा माफीसमेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?