+
+

ओबामालाई बिल क्लिन्टन र जर्ज बुसलाई भन्दा बढी सुरक्षा दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १० गते ६:३७

१० पुस, काठमाडौ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिको रुप्मा तीन दिने भ्रमणका लागि आइतवार भारत आइपुग्दैछन् ।

obamaउनीसँगै अमेरिकी प्रथम महिला मिसेल ओबामा पनि भारत भ्रमणमा हुनेछिन् । ओबामो भ्रमणका लागि भारतमा सुरक्षाको कडा ब्यवस्था गरिएको छ ।

उनलाई ‘सेभेन लेयर सेक्युरिटी’ दिने भारतीय प्रहरीले तयारी गरेको छ । उनको सुरक्षाका लागि अमेरिकाबाट पनि सुरक्षाकर्मी भारत आउनेछन् । अमेरिकी र भारतीय सुरक्षाकर्मीको संयोजन गरेर सात तहको सुरक्षा ब्यवस्था गरिएको नयाँ पत्रिकामा खबर छ ।

सात तहमा को को कहाँ हुने भन्ने जानकारी भारत सरकारले दिएको छैन । यो एक किसिमको चक्रब्यूह हो । यो चक्रब्यूहमा को, कहाँ राखिनेछ भन्ने भारत सरकारले बताएको छैन ।

ओबामाको सरक्षाका लागि गरिएको ब्यवस्था यसअघि अमेरिकी राष्ट्रपति भारत पुग्दा गरिएको थिएन । बिल क्लिन्टन र जर्ज बुस भारत आउँदा सामान्य सुरक्षा ब्यवस्था मिलाइएको थियो ।

ओबामो सुरुक्षा ब्यवस्थामा बेल्जियन मेलिनोइस प्रजातिको कुकुरको अहम् भूमिका हुनेछ । यी कुकुर ओबामा विश्वका जुनसुकै देश पुगे पनि त्याहाँ लगिन्छ ।

यो प्रजातिको कुकुरलाई विश्वमै सवैभन्दा चनाखो कुकुर मानिन्छ । यसको सुँघ्ने क्षमता पनि अन्य कुकुरको भन्दा राम्रो हुन्छ । ककुरका प्रजातिमा सबैभन्दा धेरै शक्ति भएको पनि त्यही कुकुर हो । यो कुकुर प्रतिघण्टा २५ माइलको गतिमा दौडिन्छ । यस्ता एक दर्जन कुकुर ओबामाको सुरक्षाका लागि भारतमा ल्याइएका छन् । ओबामाको सुरक्षाका लागि शनिबारबाट नै १२ हजार भन्दा बढी प्रहरी र अर्धसैनिक बल परिचालन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?